मान, सम्मान र आत्मसम्मान : नेपालको प्रधानमन्त्री

मान, सम्मान र आत्मसम्मान : नेपालको प्रधानमन्त्री 

प्रधानमन्त्रीले बुझ्नुपर्ने राष्ट्रको मौन आवाज देश केवल सडक, भवन, बजेट र भाषणले बन्दैन । देश त्यतिबेला बन्छ जब नागरिकले आफूलाई सम्मानित महसुस गर्छ । अन्तर्राष्ट्रियस्तरमा त्यो सम्मान पाउनुपर्छ भन्ने ढिपी प्रधानमन्त्रीमा देखिन्छ । त्यसलाई जनताले अहमता बुझ्ने प्रयास गर्दैछन । अत: मानिसको श्रमको मूल्य हुन्छ, विचारको सुनुवाइ हुन्छ, र उसको अस्तित्वलाई राज्यले स्वीकार गर्छ भन्ने कुरामा राजनीति मिसाउन खोज्दैछ । गुमेको अस्तित्व स्थापित गर्न गरिएका कतिपय तथ्यहरु राजनीतिक मान्यता मिसाएर भ्रामक बनाउने काम व्यापक हुँदैछ । यसले राष्ट्रिय गौरवप्रति आक्षेप लगाएर मन शान्त पार्ने पनि राजनीतिमा देखिन थालिएको छ । कमजोर विचार जीवन दिइने छ भनिएका कुराहरू पनि हावा भरिएको बेलुन बुझ्न थालेका छन । यस्ता यस्ता कुराहरूले आफ्नो अस्तित्व स्थापित गर्दैनन् । 

नेपाल आज राजनीतिक रूपमा लोकतान्त्रिक भए तर मानसिक रूपमा धेरै नागरिक अझै अपमान, उपेक्षा र असुरक्षाभित्र बाँचेका छन् । यही ठाउँमा “मान, सम्मान र आत्मसम्मान” को प्रश्न केवल व्यक्तिगत विषय होइन, राष्ट्र निर्माणको आधार बनाउनुपर्छ । 

प्रधानमन्त्री एउटा पद मात्र होइन । त्यो राष्ट्रको अनुहार हो । जनताको आशा, निराशा, विश्वास र पीडाको केन्द्र हो । प्रधानमन्त्रीले बोलेको शब्दले प्रशासनको व्यवहार बदल्न सक्छ, युवाको मनोबल उठाउन सक्छ, र निराश नागरिकलाई फेरि देशप्रति आशावादी बनाउन सक्छ । तर त्यसका लागि प्रधानमन्त्रीले जनताको केवल समस्या होइन, उनीहरूको आत्मसम्मान पनि बुझ्नुपर्छ । जनताले राष्ट्रको गौरव  प्रधानमन्त्री हो, मान्नुपर्छ । अफसोच सञ्चारको गलत दुष्प्रचार सिद्धान्तधारी रमेका छन । आज गर्न खोजिएको चरित्र हत्या यदि सबैले त्यस्तै सिक्दै जाने परम्परा बस्न थाल्यो भने हिजो गुमेको नेपालीहरु त्यो मान, सम्मान र आत्मसम्मान कुनै पनि हालतमा कदापी प्रधानमन्त्रीले फर्काउन सक्दैन । मान पाउन पनि सम्मान गर्नुपर्छ यो कसैले कहिल्यै नसोचे हुन्छ । 


नेपालमा धेरै मानिस गरिबीभन्दा बढी अपमानले थाकेका छन् । एक किसान आफ्नो पसिनाको उचित मूल्य नपाएर दुखी छ । एक युवा योग्यता भएर पनि अवसर नपाउँदा भित्रभित्रै भाँचिएको छ । एक श्रमिक विदेशमा पसिना बगाएर फर्कँदा आफ्नै देशमा सम्मान खोजिरहेको छ । एक वृद्ध राज्यले सम्झिने दिन कुरेर मौन बसेको छ । यी सबैको साझा चाहना एउटै हो—“हामीलाई मानिसको रूपमा सम्मान गरियोस् ।” नेपालीलाई, मानिस हुँ शब्दमा भनिए तापनि व्यवहारमा अरु नै सम्झिन्छन र राज्यले बेचिएको तथ्य कहिल्यै बिर्सिनुहुन्न । हिजो सायद कुन नियतले खाली कुर्सी अगाडि माइकहरु तेर्साएर कान्तिपुर सञ्चारकै भद्दा मजाक गरिइयो त्यो राष्ट्रकै बदनाम गरिएको थियो । यस्तो बदनामले नेपालीहरु त्यो गुमेको मान, सम्मान र आत्मसम्मान कदापी स्थापित हुनेछैन । बुद्ध र सगरमाथा देखाएर जनता बेच्ने सोच सिद्धान्त राजनीति अब त्याग्नुपर्छ । राष्ट्रको सम्मान गर्दै सबैलाई सम्मानित गर्नुपर्छ । 


र मान भनेको केवल पद होइन । सम्मान भनेको केवल शब्द होइन । आत्मसम्मान भनेको मानिसले आफूलाई हेर्ने अन्तिम ऐना हो । जब नागरिकको आत्मसम्मान कमजोर हुन्छ, देशप्रतिको विश्वास पनि कमजोर हुन्छ । त्यसपछि प्रतिभा विदेशिन्छ, श्रम निराश हुन्छ, र समाज भित्रभित्रै कठोर बन्दै जान्छ । प्रधानमन्त्रीले यदि साँच्चै देश बदल्न चाहनुहुन्छ भने सबैभन्दा पहिले जनताको आत्मसम्मान जोगाउनुपर्छ । कार्यालयमा पुगेको सामान्य नागरिकलाई हेला नगरिने वातावरण बनाउनुपर्छ । युवाले आफ्नो देशमै भविष्य देख्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ । श्रम गर्ने हातलाई सम्मान गर्नुपर्छ । विचार फरक भएकै कारण नागरिकलाई शत्रु ठान्ने संस्कार अन्त्य गर्नुपर्छ किनभने लोकतन्त्रको वास्तविक सफलता चुनाव जित्नुमा होइन, नागरिकलाई सम्मानित अनुभूति गराउनुमा हुन्छ । यी कुराहरू नेपालको हालको प्रधानमन्त्रीले राम्ररी बुझ्दछ । नेपालका प्रधानमन्त्रीले जनता सधैं ठूलो सुविधा मात्र खोज्दैनन्, कहिलेकाहीँ उनीहरूलाई एउटा सम्मानजनक व्यवहार दिलाउन सके  देशप्रति फेरि प्रेम गर्न सिक्नेछन भन्ने बुझ्दछ ।


अन्तमा, देशको शक्ति सेनामा मात्र हुँदैन, जनताको आत्मसम्मानमा पनि हुन्छ । र जुन दिन नेपालका नागरिकले आफ्नो देशभित्र आफूलाई सम्मानित महसुस गर्न थाल्छन्, त्यही दिनबाट साँचो समृद्ध नेपालको यात्रा सुरु हुनेछ । मलाई लाग्छ नेपालको प्रधानमन्त्री त्यही योजना लागीपरेको छ । सम्मान दिन सक्दैन भने अपमान पनि गर्नुहुन्न आम जनमानस बुझ्नु आवश्यक छ । नेपालको प्रधानमन्त्रीको नाम बालेन हो तर उनी नेपालको स्वाभिमान र राष्ट्रिय गौरव हो । नेपाल सरकार हो । 



प्रतिक्रिया