मिलन बिष्ट(युवा व्यवसायी) ः एक परिचय


समाजसेवाबाट राजनीतिसम्मको यात्रामा एक अतुलनीय योगदान दिएर आफुलाई आफ्नो क्षेत्र चम्पादेवीमा चिरपरिचित गराएको नाम हो मिलन बिष्ट । नामैमा मिलन, उहाँ समाजबाट बिछोड हुने काममा रुचि राख्नुहुन्न । उहाँ कसरी हुन्छ समाजलाई राष्ट्रसँग जोड्ने विचारमा सदा समर्पित हुनुहुन्छ । 

उहाँले २०४० साल जेठ १२ गते कीर्तिपुर–४, चम्पादेवीमा जन्म लिनु भएको थियो । बिष्टले आफ्नो जीवनलाई शिक्षा, समाजसेवा, कृषि, व्यापार र राजनीतिमा सक्रिय बनाएका छन् । शंकरदेव क्याम्पस, पुतलीसडकबाट व्यवस्थापन संकायमा स्नातकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण भएका बिष्ट शिक्षा र पेशागत क्षेत्रमा मात्र होईन्, सामाजिक उत्तरदायित्वमा पनि अग्रसर हुनुहुन्छ ।

चम्पादेवी अनुसन्धान तथा विकास समाजका संस्थापक अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, नेपाली काँग्रेसका निर्वाचित क्षेत्रीय सह–सचिवका रूपमा सक्रिय बिष्ट समाजसेवामा आफ्नो योगदान निरन्तर दिदै आएका छन् । कृषि र व्यवसायसँगै सामुदायिक विकासमा समर्पित उनी स्व. केशर बहादुर बिष्ट (पर्यावरणप्रेमी तथा समाजसेवी) र मनकामना बिष्टका सुपुत्र हुन् । श्रीमती श्यामा घिमिरे, छोरी मिलोनी बिष्ट र छोरा सदिश बिष्ट सहितको परिवारले जीवन यात्रा रमणीय बनेको महसुस गर्नुहुन्छ ।

बिष्टको राजनीतिक यात्रा २०५५ सालमा क्ीऋ पास गरेपछि सुरु भयो । २०५७ सालमा नेपाल तरुण दलमा आवद्ध भई नेपाल तरुण दल कीर्तिपुर नगर समितिको उपसभापति बनेका उनी, १२औं महाधिवेशनमा नगर सचिव पदमा झिनो मतले पराजित भए पनि, २०६६ मा क्षेत्रीय सदस्य, २०६७ मा क्षेत्रीय प्रतिनिधि, २०७२ मा पुनः क्षेत्रीय प्रतिनिधि (निर्विरोध) र २०७८ मा काठमाडौं क्षेत्र नं.१० को क्षेत्रीय सह–सचिवमा निर्वाचित हुँदै निरन्तर अग्रपंक्तिमा रहेका छन् ।

पार्टी जीवनका क्रममा उनले संघ, प्रदेश र स्थानीय निर्वाचनमा उम्मेदवारहरूलाई विजय दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् । विद्यार्थी जीवनमा पनि सक्रिय रहेका बिष्ट २०५९ मा पब्लिक युथ क्याम्पस धोबिचौर हुँदै, २०६३÷६४ मा शंकरदेव क्याम्पस र पछि विश्वभाषा क्याम्पसमा नेपाल विद्यार्थी संघमार्फत विद्यार्थी आन्दोलनमा अग्रसर रहे । 

राजनीतिलाई समाज र राज्य सञ्चालनको विज्ञान तथा कलाको समिश्रण मान्ने मिलन बिष्ट भविष्यमा नैतिक, सामाजिक र कानुनी मूल्यमा आधारित सफल राजनीतिज्ञ बन्ने अठोट राख्नुहुन्छ ।  पद, जिम्मेवारी र अवसरको सदुपयोग गर्दै, आफ्नो तहबाट गर्नैपर्ने कार्य निरन्तर अघि बढाउने उनको प्रतिबद्धता स्पष्ट छ ।

अन्तमा, नाम जस्तै व्यवहार देखिनुमा दिदीहरु सीता अधिकारी, निर्मला थापा, बिमला बोहरा, लक्ष्मी बस्नेत  ज्यूहरुको स्नेहले ठूलो भूमिका निर्वाह गरेको देखिन्छन् । घरको एक्लो सबैको प्यारो भएकै नाताले पनि उहाँ घरको मात्र नभई समाजकै अनि राष्ट्रकै मिलन हुन् । मिलन अर्थात सबैको मितेरी अर्थात जोड्ने जोडिराख्ने कडि भन्दा नि खासै फरक नपर्ला कि....? मिलन समाजकै गर्व गर्न लायक मध्येको एक नाम हो । समाजले मलजल दिएर हुर्काउनु पर्छ । प्रयोग र प्रयोजनको उद्देश्यले आफ्नो क्षेत्र समृद्ध बनाउनु पर्छ । हाल उहाँ वडा स्तरीय विपद व्यवस्थापन समितिको सदस्य हुनुका साथै कीर्तिपुर नयाँबजार पाँगा दोबाटो अवस्थित Right Path Career Counseling एवम् द GMI academy  शैक्षिक संस्थामा उहाँ व्यवसायिक रुपमा कार्यरत हुनुका साथै राष्ट्रलाई आवश्यक योगदान दिनमा अहोरात्री खटिरहनु भएको छ । कीर्तिपुरलाई बदलिंदो समाजमा रुपान्तरित गर्न उहाँले सक्दो सहयोग एवम् योगदान पनि दिदै आएको कुरा एक गर्वको विषय हुन् । आफुसँग भएको ज्ञान र सिप  लगायत शिक्षाले समाज परिवेशलाई दिक्षित गर्ने सोचका साथ लागी परेको एक युवा शक्ति हुन् जस्को समाजले सहि सदुपयोग गर्नुपर्छ । उहाँ समाजमा समर्पित रुपान्तरित सोच हुन् ।

प्रतिक्रिया