परमेश्वरको मण्डलीको जागिरे युवा स्वयंसेवक समूह 'Green Earth' परियोजना।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (महासचिव गिम जु छल यसपछि परमेश्वरको मण्डली भनिएको) को जागिरे युवा स्वयंसेवक समूह ASEZ WAOले नोभेम्बर १३ तारिखका दिन काठमाडौँ गोकर्णेश्वर वडा नम्बर ४ स्थित सुन्दरीजल सडकमा वातावरण सरसफाई कार्यक्रम आयोजना गऱ्यो । यो गतिविधि 'Green Earth' परियोजनाको एक हिस्सा थियो। Green Earth प्रदूषित सहरका सडकहरू, पार्कहरू र वन सफा गरेर दैनिक जीवनमा हरित गृह ग्यास उत्सर्जन कम गर्ने गतिविधि हो। 



ASEZ WAOका एक सदस्यले भने, "प्रत्यक्ष कार्यहरू मार्फत, हामीले स्थानीय वातावरण सफा गर्नुका साथै वातावरणीय समस्याहरूप्रति छिमेकीहरूको धारणा परिवर्तन गर्नमा योगदान पुऱ्याउने लक्ष्य लिएका छौं ।यसरी विश्वभरि सानो कार्यद्वारा विचारमा परिवर्तन ल्याउन सके सफा पृथ्वी र मानव जीवन हर्षपूर्ण बन्न सक्नेथियो ।"

स्वयंसेवकहरूले बिहान ७ बजेदेखि करिब २ घण्टासम्म वडा कार्यालय परिसर, सडक र बजार क्षेत्र सफा गरे। परिणामस्वरूप चुरोटको ठुटो, पेपर कप, प्लास्टिकका कप लगायत प्लास्टिकजन्य विभिन्न किसिमका फोहोरहरु उठाइए । संकलन गरिएका फोहोरहरुले ५० लिटरका २० वटा प्लास्टिकका झोलाहरू भरिए। 
कार्यक्रममा उपस्थित गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष जयराम महतले "ASEZ WAOका सदस्यहरूले स्वच्छ वातावरण र प्लास्टिक मुक्त पृथ्वी निर्माणको निम्ति गर्नुभएको कार्यहरूको कदर गर्दछु। प्लास्टिक टिप्ने कार्य सानो जस्तो देखिए पनि वास्तवमा यो विनाश हुँदै गइरहेको वातावरणलाई संरक्षण गर्ने कार्यमा ठूलो योगदान पुऱ्याउने कार्य हो। यस्ता निस्वार्थ भावको कार्य गर्ने युवा जमातको समूह आफ्नो वडामा भएकोमा गर्व गर्दछु" भन्दै धन्यवाद व्यक्त गरे ।

साथै कार्यक्रममा उपस्थित अर्का अतिथि गोकर्णेश्वर लाइट एकेडेमीका प्रधानाध्यापक सौर्यनाथ आचार्यले 'Asez Waoका सदस्यहरूको यो कार्य उदाहरणीय छ। यो संस्थामा आबद्ध सदस्यहरु वरिपरिका मानिसहरुमा सकारात्मक प्रभाव पार्ने असल स्वभावका हुनुहुन्छ" भन्दै सदस्यहरूको प्रशंसा गर्नुभयो। 



 वातावरणप्रति उनीहरूको प्रेम विश्वभरि फैलिरहेको छ । 'Green Earth' सँगसँगै 'Blue Ocean(नदी, खोला तथा समुद्र सरसफाई)'mothers forest वृक्षारोपण 'No more GPGP (प्लास्टिक फोहोरको टापु रोकथाम गतिविधि)' जस्ता वातावरण संरक्षणका लागि विभिन्न पहलहरू थुप्रै देशहरूमा सञ्चालन भइरहेका छन्। यसको अतिरिक्त 'Green workplace (पानी बचत, ऊर्जा बचत, स्रोत बचत)' प्रोजेक्टको एक हिस्साको रुपमा 'इमेल इनबक्स खाली गर्ने', 'कम्प्युटरको मोनिटर र मल्टिप्लगहरु बन्द गर्ने' जस्ता च्यालेन्जहरु पनि लगातार जारी भइरहेको छ। प्लास्टिक प्रदूषण समाप्त गर्न अन्तर्राष्ट्रिय समुदायको प्रयास अनुसार विश्वभरि विभिन्न प्लास्टिक मुक्त २०४० गतिविधिहरु पनि भइरहेका छन् । नेपालमा पनि ललितपुर, लुम्बिनी, नेपालगञ्ज जस्ता विभिन्न ठाउँहरूमा सरसफाई गतिविधि गरिएको छ । ASEZ WAO भन्ने संगठनको नाममा 'Save the earth from A to Z (पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं) र We Are One Family (हामी एउटै परिवार हौँ) भन्ने वाक्यांश संयोजन भएर हामी एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाउ भन्ने अर्थ समावेश छ। सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट युवाहरूको परोपकारी कार्यको लागि मान्यता स्वरूप ६०० भन्दा बढी अवार्डहरु प्रदान गरिएको छ। जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् 
ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डली चाहिँ १७५ वटा देशहरूमा ७८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो। मण्डलीका करिब ३९ लाख २० हजार सदस्यहरुले बाइबल अनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्नु भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन्। नेपालमा गत जुन महिनासम्म ५७,४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधि गरेका छन्।

विश्वव्यापी रुपमा वातावरण संरक्षण प्रकोप राहत छिमेकीलाई सहयोग, रक्तदान अभियान, सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ४४००० पटकभन्दा बढी गरिएको छ। परमेश्वरको मण्डलीले संयुक्त राष्ट्र अमेरिकाबाट तीनवटा राष्ट्रपतिय स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीनवटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायकी योग्यता पदक,  पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ।


प्रतिक्रिया