काठमाडौँ- बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक तीर्थयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा भैरहवा घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँमा कार्यरत लेखा अधिकृत ५५ वर्षीय विश्वराज पन्थी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।
दर्शनका लागि बडिमालिका जाने क्रममा खारेको जङ्गलमा एक्कासी बेहोस भएपछि तीर्थयात्रा गएको टोलीले उनलाई जिल्ला अस्पताल बाजुरा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृतक पन्थीसहित राष्ट्रिय सतर्कता केन्द्रका लेखा समूह उपसचिव शिवहरि न्यौपाने, शाखा अधिकृत जीवन घिमिरे र लेखापाल उमेश शर्मा बडीमालिका दर्शनका लागि तीर्थयात्रामा गएका प्रहरीले जनाएको छ।
चार जनामध्ये पन्थीको लेक लागेर मृत्यु भएको प्रवक्ता शाहीले जानकारी दिए
३ जेठ २०८३, आईतबार ०७:०८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क