प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
३० बैशाख २०८३, बुधबार ०७:१९ मा प्रकाशित
आमा दर्शन न्युज डेस्क
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिनेछ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू प्रस्तुत गरिने तथा त्यसमाथि छलफल हुने जनाइएको छ । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यसूचीमा उल्लेख छ ।
यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।