“ग्रामथान उपनिर्वाचनमा कांग्रेसद्वारा आचारसंहिताको उल्लंघन! रास्वपाद्वारा कडा कारबाहीको माग| भिडीयो सहित

आसन्न मिति: २०८१/८/१६ गते ग्रामथान पालिका को अध्यक्ष पदको उपनिर्वाचनको पूर्व सन्ध्यामा आज १५ गते,शनिवार नेपाली कांग्रेस ग्रामथानले वडा नं ६  मा सम्मेलन गरेकोले रास्वापा सांसद अशोक कुमार चाैधरीले समाजिक संजालमा लेख्दै सम्बन्धित ने का उम्मेदवार र पार्टीलाई निर्वाचन आयोग ऐन२०६३ बमोजिम कार्वाही गर्न माग गरेका छन ।

मतदाताहरूलाई प्रभावित गर्ने खालका कार्यहरू,सहि छाप गराउदै पैसाको बाडफाड गरेको सांसद चाैधरीको आरोप रहेको छ।उनले निर्वाचन आचार संहिता र मौन अवधिमा पालना गर्नु पर्ने आचरण नगरिएको प्रति खेद प्रकट गरेका छन।

" भिडियो हेर्नु यहाँ थिच्नुहोस्" साथै फोटो भिडियो बनाउने क्रममा  रास्वपाका सदस्य प्रकाश घिमिरेको मोबाइल खोस्ने, जे गर्न सक्छस गर भन्ने खालको भाषा प्रयोग गरि निर्वाचन आचार संहिता र मौन अवधिमा पालना गनुपर्ने आचरणको समेत खुल्लेआम नेपाली कांग्रेसले उल्लंघन गरिएकाले निर्वाचन आयोग कार्यालय ग्रामथानमा रास्वपाले उजुरी समेत दर्ता गरेको जानकारी गराएको छ।

मत सर्वेक्षणमा नेपाली कांग्रेसका उम्मेदवार भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार अगाडी देखिकाले यो चलखेलमा नेता कार्यकर्ताहरू सक्रिय भएको आम मानिसको बुझाई रहेको छ।

प्रतिक्रिया