श्रावण १७, लेखनाथ । विश्व शान्ति तथा एकिकृत परिवार संघ र सिद्दान्त अनुसन्धान महाविद्यालय संघ पोखरा शाखा द्वारा त्रिभुवन शान्ति माविमा १ दिने नैतिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पोखरा शाखाका प्रमुख दिपक सापकोटा द्वारा पशिक्षण गरिएको थियो उक्त संस्थाका सदश्य सन्तोष बजगाईबाट संचालन भएको थियो भने शाखाको व्यवस्थापक सृष्टी अधिकारीले आफ्नो मन्तव्य राखेर कार्यक्रम समापन भएको थियो ।
प्रशिक्षणमा आफ्नो व्यक्तित्व कसरी विकास गर्ने, बुबा आमाको आज्ञाकरी छोरा छोरी कसरी बन्ने, कुलतबाट मुक्त हुने, यौन पवित्रता र असल परिवार निर्माण सम्बन्धि शिक्षा प्रदान गरिएको र विद्यार्थीहरुले एकदमै रुचाईएको र शिक्षकहरूले वर्तमान अवस्थामा देशैभरिका किश्वर किश्वरीहरुलाई आवश्यक रहेको साथै पाठ्यक्रममा समावेश गरिनुपर्ने प्रतिक्रिया दिए । कार्यक्रमलाई विद्यालयकी प्रधानध्यापक सोमत कुमारी लामिछानेले प्रशंसा गर्दै शुभकामना प्रदान गर्नुभएको पोखरा संवाददाताले जानकारी गराउनुभयो ।