यसले न्याय पाउनुपर्छ ।


“झोलामा बम थिएन”


सडकको किनारमा

लडिरहेको छ एउटा झोला

जसमा बम थिएन, तर सपना थिए ।


कापीका पानामा

लेखिन बाँकी थियो भविष्य,

तर रगतले पहिले नै अन्तिम बिन्दु कोरिदियो ।


कलम अझै त्यहीँ छ, शब्द खोज्दै...

तर शब्दहरू डराए, आवाजहरू थामिए ।


यो सडक साक्षी छ निर्दोष यात्राको

जसले अपराध केही गरेन,

तर सजाय सबैभन्दा ठूलो पायो ।


झोलामा किताब थियो, किताबमा उज्यालो...

तर अँध्यारोले सबैभन्दा पहिले त्यसैलाई रोज्यो ।

कोही सोध्छ “के थियो झोलामा?”

उत्तर सधैं उस्तै आउँछ “बम होइन, भविष्य थियो…”

प्रतिक्रिया