परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह (ASEZ WAO) ले 2026 मार्च ३० तारिखका दिन व्यापारिक समूह M.A.W को शाखा नक्साल काठमाडौँमा अवस्थित M.A.W. Music Pvt. Ltd. को कार्यालयमा “Green Workplace वातावरण गोष्ठी” सम्पन्न गरेको छ ।
गोष्ठीमा कम्पनीका प्रबन्ध निर्देशक लगायत कार्यरत कर्मचारीहरूको उपस्थिति थियो । यो गोष्ठी आयोजना गरिनुको मुख्य उद्देश्य जलवायु परिवर्तन, यसले पारेका असरहरू र यसलाई रोकथाम गर्नको निम्ति तुरुन्तै चाल्नुपर्ने कदमहरूको बारेमा जनचेतना फैलाउनु हो ।
त्यसैगरि कार्यक्रममा उपस्थित प्रबन्ध निर्देशक रन्जन धितालले जलवायु परिवर्तनलाई रोक्नको निम्ति हामी कर्मचारीहरूले कार्यालयबाट सानो प्रयत्न गर्दा त्यसले पनि ठूलो भूमिका खेल्ने रहेछ भन्ने कुरा आज थाहा भयो। जलवायु परिवर्तनको मारमा नेपाल लगायत विश्व परेको छ । यसलाई रोक्नको निम्ति आफु कार्यरत कार्यक्षेत्रबाट म पनि सक्दो प्रयत्न गर्नेछु। ASEZ WAO ले यस्तो जनचेतनामूलक कार्यक्रमद्वारा सचेतना फैलाउने कार्य गर्नुभएकोमा यहाँहरुलाई साँच्चै धन्यवाद भन्दै कृतज्ञता व्यक्त गर्नुहुँदै आगामी दिनहरूमा पनि ASEZ WAO सँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Green Workplace अभियानको मूल सन्देश भनेको कार्यस्थलबाट नै कार्बन उत्सर्जन कम र नियन्त्रण गरौं भन्ने रहेको छ । यस अभियानमा इमेल इनबक्स खाली गर्ने, कम्प्युटरको मनिटर र मल्टिप्लगहरू काम नभएको बेलामा बन्द गर्ने, लिफ्टको सट्टा भर्याङ प्रयोग गर्ने, धारा कसेर बन्द गर्ने, टम्बलर प्रयोग गर्ने, दाँत माझ्दा कप प्रयोग गर्ने, भाँडा माझ्दा बाटा प्रयोग गर्ने, सार्वजनिक यातायात प्रयोग गर्ने, साइकल चलाउने, पुन:प्रयोज्य कागज प्रयोग गर्ने, व्यक्तिगत कप प्रयोग गर्ने, रूमाल प्रयोग गर्ने इत्यादि गतिविधिहरू रहेका छन् ।
ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत जुन महिनासम्म ५७,४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ४४,००० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राष्ट्रिय अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।
१७ चैत २०८२, मङ्गलबार १०:३६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क