– सूर्या राय, आमा दर्शन न्युज
काठमाडौँ, १७ चैत । Ministry of Energy, Water Resources and Irrigation Nepal ले आजदेखि आफ्ना कार्यालयभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरेको छ।
मन्त्रालयका अनुसार वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो।
ऊर्जामन्त्री Biraj Bhakta Shrestha को सचिवालयका अनुसार प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पारेको नकारात्मक असर न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुसार यो कदम चालिएको हो।
मन्त्रालयले यस निर्णयले अन्य सरकारी निकाय तथा सरोकारवाला पक्षहरूलाई समेत सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेको छ। साथै, आगामी दिनमा वातावरणमैत्री अभ्यासलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क