भगवानको हत्यामा मुस्कुराउने मान्छे ।
उसले भगवान मारेन, उसले त केवल
आफ्नो अन्तिम लाज मारेको थियो
र त्यसपछि मुस्कुरायो…
ठ्याक्कै त्यहीँ जहाँ मानवता ढलेको थियो ।
भगवान त कहिल्यै मर्दैनन् भन्छन तर त्यो दिन
मन्दिरहरू बाँझिए, घण्टीहरू बेसुर भए,
र प्रार्थनाहरूले आफ्नै अर्थ गुमाए
किनकि मान्छे भित्रको भगवान मरेको थियो ।
उसको मुस्कान फूलझैँ कोमल थिएन,
त्यो त एउटा चिरिएको सत्य थियो
जहाँ करुणा टुक्रिएको थियो,
र आत्मा निःशब्द चिच्याइरहेको थियो ।
अन्ततः ऊ हाँस्यो,
आफ्नै छायासँग हार मानेको मान्छेझैँ
अन्तिम पटक आफैंलाई धोका दिन पाएको सम्झी
तर त्यो मुस्कानमा खुशी थिएन
त्यो त एउटा घोषणा थियो, अब ऊ मान्छे रहेन…
र सायद त्यही क्षण
भगवान साँच्चै मारेको हुनुपर्छ ।
१८ चैत २०८२, बुधबार १०:५८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर