कीर्तिपुर नगरपालिका प्रमुख सहित कीर्तिपुर सहकारी संघका पदाधिकारीहरु सहकारीप्रती कुनै समस्या समाधान गर्न छोडी अवलोकन भ्रमणमै बजेट अर्थातको कर खर्च गर्दै रमेका छन ।गत वर्ष कीर्तिपुर सहकारी भ्रमण वर्ष भन्दै ३ लाख स्वाहा, यस वर्ष मेयरकै उपस्थितिमा ५ लाख स्वाहा । विभिन्न शिर्षकमा कार्यकर्ता घुम्ने कार्य थियो नै । यस वर्ष देखि नगरप्रमुख नै सहभागी भई जनता करलाई बालुवामा पानी खन्याएको जस्तो खर्च गर्नु जनताकै आँसु पिउनुजस्तो भएन र ? जनताको समस्याप्रति कुनै चासो नै नहुनु कस्तो होला ?
अर्को, कीर्तिपुर अस्पतालमा डाइलसिस गर्न १९ जना बिरामी जीवन मृत्युको संघर्ष छन । जता हेर्यो त्यतै सम्पदा मास्न कार्यकर्ता कमाउ योजना नै देखे । भौतिक विकास देखि शिक्षा स्वास्थ्य लगायत रोजगारीमा समेत वास्ता गर्नै छोडेको जन गुनासो हुँदा "सय मुसा खाइ बिरालो हिडे हज" भनेझैं स्थानीय सरकारको गति देखिइयो । ४० लाखको अनुदान खर्च गर्दै गर्दा पनि उता नगाऊ दाेबाटाे-छुगाऊ-भत्केकाेपाटि सडक खण्ड र चाेभार-पाँगाा जनसेवा-यन्चाे सडक खण्डकाे दायाँबायाँ सडक पेटिमा हालिएकाे ब्लककाे अवस्था हेर्दा ठेसलागेर पैदलयात्रीलाई मार्न हालिएकाे जस्ताे छ। धेरै बर्ष भयाे ,याे हालेदेखिकाे अवस्था यस्तै छ। जनताले तिरेकाे करकाे दुरुपयोग भएनर भनेकाे??? दैनिक जनप्रतिनिधि याे बाटाे भएर हिडछन, तर पनि आँखा देख्दैनन याे सडक पेटिकाे दुरावस्थाकाे। कति खबरदार गर्ने ??? कीर्तिपुरमा आशा सरकार कहिले आउँछ भन्ने जनगुनासो छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर