पर्सा । पर्सा राष्ट्रिय निकुञ्ज ले घाइते तथा दुर्घटनामा परेका वन्यजन्तुको तत्काल उद्धारका लागि आफ्नै ‘वाइडलाइफ रेस्क्यु टिम’ तयार पारेको छ। निकुञ्जले वैशाखको पहिलो सातादेखि उद्धार टोली सञ्चालनमा ल्याएको जनाएको छ।
यसअघि निकुञ्ज क्षेत्रमा कुनै वन्यजन्तु घाइते हुँदा उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्ज बाट टोली बोलाउनुपर्ने अवस्था रहेको थियो। तर अब भने पर्सा राष्ट्रिय निकुञ्जमै उद्धार टोली तयार भएपछि वन्यजन्तुको उद्धार तथा उपचार कार्य छिटो र सहज भएको निकुञ्ज प्रशासनले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतका अनुसार उद्धार टोलीमा पशु चिकित्सक, प्राविधिक तथा सवारी चालकसमेत समावेश छन्। उनले घाइते वा उद्धार गर्नुपर्ने अवस्थामा टोली बारा, पर्सा, रौतहट तथा मकवानपुरसम्म पुग्ने गरेको जानकारी दिए।
निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक वटा पाटेबाघ, छ वटा चित्तल र एक सय वटा गोमन सर्पको उद्धार गरिएको छ। त्यसैगरी २५ वटा किंग कोब्रा, १५ वटा अजिङ्गर, एक वटा सालक तथा अन्य तीन वटा वन्यजन्तुको उद्धार गरी उपचार गरिएको जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय