सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/०८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा
गरेको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश गरी कुल २५.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित
लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले
पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल
कम्पनीको चुक्तापुँजी ३ अर्ब २० करोड रूपैयाँ रहेको छ। बोनस वितरणपछि उक्त पुँजी ३
अर्ब ९६ करोड १६ लाख रूपैयाँ पुग्नेछ।
यस्तै, बोनस सेयर वितरणपछि कायम हुने
चुक्त पुँजीको २७ प्रतिशत (१:०.२७ अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव
साधारण सभामा पेश गर्ने कम्पनीको भनाइ छ।
१३ फाल्गुण २०८०, आईतबार ०४:४५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin