झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओली आज झापाको पूर्वी गौरादहमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदैछन् ।
पार्टीको गौरादह नगर कमिटीका अनुसार बिहान ११ बजे गौरादहको चारआलीबाट सुरु हुने कार्यक्रम अपरान्ह ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुनेछ ।
कार्यक्रम तालिकाअनुसार बिहान ११ः४५ बजे पेट्रोलपम्प, १२ः३० बजे डिठा चोक र दिउँसो १ बजे हाँसखोरामा मतदातासँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ । त्यसैगरी दिउँसो १ः३० बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा, २ बजे ठकठकेमा कार्यक्रम आयोजना गरिनेछ ।
यस्तै २ः३० बजे बैराती, ३ बजे जुरोपानी, ३ः३० बजे ग्वालडुब्बा, ४ः१५ बजे जामबाडी तथा ४ः४५ बजे जयबहादुर अधिकारीको टोलमा भेटघाट कार्यक्रम तय गरिएको नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिए ।
टोल–टोलमा आयोजना हुने भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले मतदाताका समस्या सुन्ने र त्यसको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । मतदातासँगको साक्षात्कारमा स्थानीयस्तरका भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवासम्बन्धी समस्या बढी उठ्ने गरेको छ ।
यसअघि अध्यक्ष ओलीले हिजो पश्चिम गौरादहका बालबथानदेखि स्कूलचौनसम्मका १० स्थानमा पुगेर मतदातासँग भेटघाट गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क