काठमाडौं - काठमाडौँको नागार्जुन नगरपालिका-६ भैरब टोलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । तीन सदस्यको हत्या गरेर आत्महत्या गरेका राजु घिमिरेको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षणअस्पताल पठाइने भएको छ ।
नागार्जुन नगरपालिका ६ टोलमा राजुले श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी र साढे २ वर्षकी नातिनीको हत्या गरेका थिए ।घटनापछि उनी आफैंले आफन्तलाई फोन गरेर तीन जनाको हत्या गरेको सूचना दिएका थिए
सुधाका अनुसार बिहान ११ बजेतिर आँगनमा निस्किएर हेर्दा उनले केही झुण्डिएको जस्तो देखेकी थिइन् । छिमेकीलाई बोलाएपछि मान्छेझुण्डिएको निष्कर्षसहित उनीहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार बिहान ११ बजेर १३ मिनेटमा रुखमा मान्छे झुण्डिएको भनेर खबर आएको थियो । प्रहरीले उनको शव रुखबाट निकालेरपोष्टमार्टमका लागि पठाएको छ । नागार्जुन ६ का संवाददाता केशव श्रेष्ठ ।
९ फाल्गुण २०८०, बुधबार ०८:२० मा प्रकाशित