काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान भएको छ ।प्रहरीका अनुसार दैलेखकी मनिषा भन्ने मनकुमारी सिंहले बच्चा चोरी गरेकी थिइन् ।
आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको उनले प्रहरीसँग बताएकी छन् । विवाह गरेको लामोसमय भए पनि बच्चा नभएपछि उनले बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको पाइएको प्रहरीले जनाएकोछ ।
२४/२५ वर्ष उमेर भए पनि विवाह गरेको लामो समय भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ
बच्चा चोरी गर्ने मनिषाका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ । “घरमा महिलाले बाटोमा बच्चा जन्माएरल्याएको भनेको पाइयो । हामी उनको घरमा पुग्दा सुत्केरीजस्तै कोठामा गाउन लगाएर बसेकी थिइन्,” एक प्रहरी अधिकारीले एडिपि सबादाता सँग भने, “उनको श्रीमान् नेपाली सेनामा कार्यारत रहेको र उनलाई पनि भ्रममा राखेर आफूले बाटोमा सुत्केर भएर बच्चा लिएरफर्किएको बताएकी रहिछन् ।”
प्रहरीले शिशुको उद्धार गरेर आमाबुवालाई जिम्मा लगाइसकेको छ ।