जनता जिताउने नेता : हिमाल कार्की
“समृद्धि सपना होइन, योजना हो।” — हिमाल कार्की
नेपालको समकालीन राजनीतिक तथा सामाजिक परिवेशमा “समृद्धि” शब्द धेरै प्रयोग हुन्छ । भाषणमा, घोषणापत्रमा, नारामा- समृद्धि सर्वत्र सुनिन्छन । तर व्यवहारमा समृद्धि अझै प्रतीक्षाको सूचीमै देखिन्छ । यही यथार्थको बीचबाट “समृद्धि सपना होइन, योजना हो” भन्ने स्पष्ट, व्यावहारिक र जिम्मेवार दृष्टिकोणसहित अगाडि आउनुभएको छ हिमाल कार्की ।
समृद्धि: भावनात्मक नारा होइन, संरचनात्मक कार्ययोजना हुन् जुन हिमाल कार्कीको सोचाइमा समृद्धि कुनै अमूर्त कल्पना होइन । यो नीति, योजना, स्रोत व्यवस्थापन र इमानदार कार्यान्वयनको परिणाम हो मान्नुहुन्छ । उहाँको धारणा अनुसार सपना देखेर मात्र देश बन्दैन, योजना बनाएर मात्र पनि पुग्दैन । योजना, कार्यान्वयन र जवाफदेहिता नै वास्तविक समृद्धि अर्थात् समृद्धि भावनाले होइन, प्रणालीले जन्माउँछ । स्थानीय विकासबाट राष्ट्रिय समृद्धि आउँछ भन्दै कार्कीले समृद्धिको सुरुवात स्थानीय तहबाट हुनुपर्नेमा जोड दिनुहुन्छ । उहाँका प्राथमिकताहरू प्रायः यस्ता छन कि
१. पूर्वाधार – सडक, ढल, खानेपानी पहुँच हुनुपर्छ ।
२. शिक्षा – गुणस्तरीय विद्यालय, सीपमूलक शिक्षा प्रदान गर्नुपर्छ ।
३. स्वास्थ्य – सहज पहुँच, विश्वसनीय सेवा दिनुपर्छ ।
४. रोजगार – स्थानीय स्तरमै अवसर सिर्जना गर्नुपर्छ ।
उहाँको तर्क छ कि “काठमाडौँ समृद्ध भयो भने मात्र नेपाल समृद्ध हुँदैन, तर हरेक टोल समृद्ध भयो भने नेपाल आफैं समृद्ध हुन्छ।” युवाशक्ति योजनाको इन्जिन मान्दै हिमाल कार्कीले युवालाई नाराको भीड होइन, योजनाको नेतृत्वमा देख्न चाहनुहुन्छ । वैदेशिक पलायन रोक्ने नीति स्टार्टअप र उद्यम प्रोत्साहन सीप विकास केन्द्र तथा खेलकुद र नवप्रविधिमा लगानी उहाँका लागि युवा मतदाता मात्र होइनन्, विकासका साझेदार हुन् ।
पारदर्शिता बिना समृद्धि असम्भव कार्कीको अर्को स्पष्ट अडानसँगै भ्रष्टाचार रहँदा समृद्धि सम्भव छैन । त्यसैले उहाँ जोड दिनुहुन्छ कि सार्वजनिक खर्च पारदर्शी बनाउने, नागरिक निगरानी प्रणाली, डिजिटल प्रशासन तथा ठेक्का प्रणाली सुधार हुनुपर्छ बुझ्नुहुन्छ भने समृद्धि पैसा खर्चले होइन, पैसा कहाँ र कसरी खर्च भयो भन्ने प्रश्नले निर्धारण गर्छ भन्ने उहाँको मान्यता छ ।
“समृद्धि सपना होइन, योजना हो” भन्ने वाक्य केवल नारा होइन, एक विकास दर्शन हो । यसले बताउँछ कि भावनात्मक राजनीति होइन, परिणाममुखी राजनीति रोज्नुपर्छ । आवेगले मत निर्णय गलत हुनसक्छ भन्दै आश्वासन होइन, कार्यतालिकामा विश्वास गर्नुपर्छ । भाषण होइन, बजेट र कार्यान्वयनप्रति आशावादी हुनुपर्छ ।
अन्तमा, नेपालले धेरै सपना सुनिसक्यो, अब योजना देख्न चाहन्छ । नेपालले धेरै नारा सुन्निसक्यो, अब नतिजा चाहन्छ । यही जनचाहनालाई सम्बोधन गर्ने प्रयासस्वरूप हिमाल कार्कीको सन्देश स्पष्ट छ कि “समृद्धि आउँछ भनेर पर्खिने होइन, समृद्धि ल्याउने योजना बनाउने हो।” यदि समृद्धिलाई वास्तविकतामा बदल्ने हो भने, सपना हेर्ने नेताभन्दा योजना कार्यान्वयन गर्ने नेतृत्वको आवश्यकता हुन्छ । हिमाल कार्की सोही नेतृत्व बन्न हामीसामु आएको छ । हाम्रो मत हामी जित्न प्रयोग गर्नुपर्छ । बारम्बार नेता जिताउन मात्र मत प्रयोग गर्यौं यसपालि हामी आफू जित्न मत हिमाल कार्कीज्यूकै लागि दिऔं ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर