प्रा.डा. लक्ष्मणप्रसाद गौतम : एक परिचय ( साहित्य र साधना)

नेपाली भाषा, साहित्य र समालोचनाको क्षेत्रमा विगत चार दशकभन्दा बढी समयदेखि निरन्तर योगदान दिँदै आउनु भएका प्रा.डा. लक्ष्मणप्रसाद गौतम नेपाली साहित्यका एक विशिष्ट विद्वान्, अनुकरणीय समालोचक, सर्जक, प्राध्यापक र अभियन्ताका रूपमा चिनिनु हुन्छ भन्दाखेरी सुर्यको तेज अगाडि मैनबत्तीले उज्यालोको वर्णन गरे जस्तो महसुस हुनसक्छ । तीललाई पहाड बनाउन खोजे जस्तो हुनसक्छ । आखिर कुरा हो मोड्न मिल्ने, मोड सकिन्छ भने कतिलाई त्यसैमा धुलो झार्ने बानी पर्न सक्छ । म यी सम्भावित कुराको विचलन नगरिकन उहाँकै शब्दकोषबाट उहाँकै परिचय सार्वजनिक गर्न खोज्दैछु । मेरो भूल मेरो गर्व हुनसक्छ विश्वास त्यतातिर मोड्दै अगाडि बढ्दै छु । ऋषि गौतम गोत्रबाट भगवानको कृपाले प्राप्त समृद्धिलाई लक्ष्मण प्रसाद गौतम भनी बुझ्न सकिन्छ भने नेपाली भाषासाहित्य र त्यसमा समर्पित जीवनले भाषासाहित्यलाई राम अनि उहाँलाई रामकै भाइ लक्ष्मण भन्न सकिन्छ । प्रोफेसर डाक्टर लक्ष्मण प्रसाद गौतम त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रिय बिभागका प्राध्यापक हुन् । 


परिचय:

प्रा.डा. गौतमको वि.सं. २०२० साल असोज २५ गते (सन् १९६३ अक्टोबर १०) बागलुङमा पिता स्व. श्री शशिधर गौतमको आँगनमा,  माता श्रीमती यमुना गौतमको कोखबाट सुपुत्रका रूपमा जन्म भएको हो । उहाँ बाग्लुङमा  जन्मि भरतपुर महानगरपालिका-०४ मा आफ्नो परिवारको आँगन सिहार्दै हाल ट्याङ्गाचोक कीर्तिपुर-१० बाट कर्मकाण्ड प्रक्षेपण गर्दै आनुभएको छ  ।  उहाँले श्रीमती सीता गाैतमलाई आफ्नो एकमुखे रुद्राक्षको रुपमा ग्रहण गर्नु भएको छ । छाेरीहरू  सिन्धु गाैतम र इन्दु गाैतम ज्युहरुलाई सत्कर्मको बीउ सम्झि हुर्काउँदै हुनुहुन्छ भने छाेराबुहारी साैरभ गाैतम र सीमा उपाध्याय गाैतम ज्युहरुलाई अंश होईन् वंशको रुपमा विश्लेषण गर्दै आउनु भएको छ । उहाँले दाजुभाउजू  हरिहर र सरस्वती गौतम ज्युहरुलाई आफ्नो जीवनको सारथी मान्नुहुन्छ भने हाल उहाँहरू  चितवन बस्नुहुन्छ । त्यस्तै भाइबुहारी शङ्करप्रसाद गाैतम र माया गाैतम ज्युहरुलाई आफ्नो जयमालाको मोती सम्झिनुहुन्छ । उहाँले भाइका छाेरीहरु संस्कृति, प्रवृत्ति र छोरा पीयूष ज्युलाई कहिल्यै भाइका सन्तानका रुपमा हेरेको छैन् भन्नुहुन्छ ।  हाल भाइ अस्ट्रेलियामा हुनुहुन्छ, थप्नु भएको छ । र आफ्नो जीवन सफल बनाउन प्राप्त स्नेह बहिनीहरू सृजना, मेनका र गाैरी ज्युहरको वजुद हुनुलाई सांसारिक सुख र भाग्यमानी ठान्नुहुन्छ । जीवनका प्रारम्भिक आधार र प्रेरणाका रूपमा उहाँले पितामाताबाट पाएको मूल्य–मान्यता र संस्कारलाई आत्मसात् गर्दै आफ्नो साधनायात्रा सुरु गर्दै पारिवारिक सम्बन्धका धनी व्यक्तित्व हुँ भनी घोषणा गर्नुहुन्छ ।


शिक्षा :

उहाँले स्नातकोत्तर तहमा एम.ए.बाट आफुलाई सुसज्जित र दिक्षित बनाउनु भयो । र त्यसपछि विद्यावारिधि त्रिभुवन विश्वविद्यालयबाट हासिल गर्नुभयो । अध्ययनकै सिलसिलामा उहाँको झुकाव नेपाली भाषा, साहित्य र विशेषगरी समालोचना क्षेत्रमा प्रगाढ भयो ।


पेशा : 

उहाँ हाल त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ । प्राध्यापनसँगै उहाँले नेपाली साहित्यको उन्नति, विकास र शैक्षिक अनुसन्धानलाई निरन्तर जीवन समर्पण गर्नुभएको छ ।


आवद्धता :

उहाँले त्रिभुवन विश्वविद्यालयका विभिन्न शैक्षिक निकायहरूमा योगदान पुर्याउनुभएको छ जस्तै त्रि.वि. नेपाली विषय समिति, नेपाली विषय स्थायी समिति, विद्यापरिषद्, त्रिभुवन  त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौँ, प्राध्यापनरत हुनुहुन्छ । विद्यापरिषद्, त्रिवि, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अनुसन्धान समिति, त्रि.वि. मानविकी तथा सामाजिक शास्त्र सङ्काय पाठ्यक्रम निर्माण त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सिद्घार्थ विश्वविद्यालय–उत्तरप्रदेश, (भारत) यी सबै विश्वविद्यालयमा स्नातकदेखि विद्यावारिधि  तहसम्म), केन्द्रीय शिक्षा विभाग, म्यानमार (बर्मा)  (कक्षा : शिशु—१०), केन्द्रीय शिक्षा विभाग, थाई–नेपाली सङ्घ, थाइल्याण्ड (कक्षा : १—१०) । सल्लाहकारः अन्तर्राष्ट्रिय नेपाली सहित्य समाज, केन्द्रीय समिति, अमेरिका विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अनुसन्धान समिति । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय (भारत), म्यान्मारको शिक्षा विभाग, थाई–नेपाली सङ्घ (थाइल्याण्ड) लगायतका संस्थामा पाठ्यक्रम निर्माण देखि विद्यावारिधि तहसम्म महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँ मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका महासचिव हुनुहुन्छ । साथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अमेरिका), लघुकथा समाज, नेपाल स्रष्टा समाज, सुनकोशी वाङ्मय प्रतिष्ठान लगायतका प्रतिष्ठित संस्थाहरूमा सल्लाहकार रुपमा संलग्न हुनुहुन्छ ।


उहाँको साहित्यिक यात्रा :

प्रा.डा. गौतमले आफ्नो पहिलो कविता “मातृभूमि” नयाँ पुकार पत्रिकामा सन् १९७९ (२०३६ साल) मा प्रकाशित गर्नुभयो । पहिलो समालोचना लेख भने “विपीको सुम्निमा : एक समीक्षा” शीर्षकमा २०४७ सालमा राष्ट्रसन्देश पत्रिकामा प्रकाशित भयो । त्यस यताबाट उहाँको साहित्यिक यात्रा अडानपूर्वक अगाडि बढ्दै आयो ।


कृतिहरु : 

उहाँका प्रकाशित कृतिहरू

(क) समालोचना : उहाँका १६ वटा प्रमुख समालोचना–ग्रन्थ प्रकाशित छन्, जसमा समकालीन नेपाली कविताका प्रवृत्ति" (२०६६), समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण (२०६०), नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना (२०६६), आधुनिक नेपाली कविताको बृहत् इतिहास (२०८०) आदि उल्लेखनीय छन् ।

(ख) सृजना : ऊहापोह (कथासङ्ग्रह, २०७४)

फुटकर निबन्ध, कविता तथा कथाहरू

(ग) निर्देशिका : नेपाली भाषा शिक्षण निर्देशिका (शिशुदेखि माध्यमिक तहसम्म, म्यान्मार थाइल्याण्डका लागि) ४ वटा

हाम्रो नेपाली पुस्तक– शिक्षण निर्देशिका (थाइल्याण्डका लागि)

(घ) पाठ्यसामग्री : सुबोध अनिवार्य नेपाली (स्नातक तह, ९ संस्करण, २०७१–२०८०)

म्यान्मारका लागि ११ वटा पाठ्यपुस्तक (शिशु–१०)

थाइल्याण्डका लागि ११ वटा “हाम्रो नेपाली पुस्तक” (कक्षा १–१०)

(ङ) अनुसन्धान र लेख : विभिन्न निकायबाट प्रशस्त अनुसन्धान परियोजना सम्पन्न

करिब २०० अनुसन्धानात्मक लेख

७०० भन्दा बढी समालोचना, निबन्ध र कविताहरू प्रकाशित

(छ) सम्पादित कृति : उहाँले १६ वटा प्रमुख सम्पादन गर्नुभएको छ — जसमा शब्दहरू अविराम यात्रामा (२०५७), नेपाली यौनकथा भाग–२ (२०६१), समकालीन नेपाली द्वन्द्वकथा (२०६३), रत्न बृहत्‌ नेपाली समालोचना (३ खण्ड), प्रज्ञा समकालीन प्रतिनिधि नेपाली कविता (२ खण्ड), प्रज्ञा आधुनिक नेपाली कथा (३ खण्ड) आदि उल्लेखनीय छन् ।


योगदान : 

साढे चार दशकदेखि साहित्यसाधनामा निरन्तर सक्रिय, तीन दशकभन्दा बढी समालोचना लेखनमा विशेष योगदान उहाँको रहेको छ । चितवन वाङ्मय प्रतिष्ठान, नारायणी कलामन्दिर लगायत संस्थामा संस्थापक सचिवका रूपमा महत्वपूर्ण भूमिका निभाउँदै आफुलाई निखार्दै आउनु भएको छ । मधूलिका, मारुनी, मृगतृष्णा, ऋचा, बालकुमारी जस्ता पत्रिकाहरूको सम्पादन कार्यमा व्यस्त रहि आफुलाई अग्रणी पंक्तिमा राख्दै आउनु भएको छ भने मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका महासचिवका रूपमा नेपाली भाषाको मानकीकरणमा उल्लेखनीय योगदान समाजमा स्थापित गर्नु भएको छ । त्यस्तै म्यान्मार थाइल्याण्डमा नेपाली भाषासाहित्य प्रवर्धनका लागि करिब ५०० भन्दा बढी नेपाली शिक्षकहरूलाई प्रशिक्षण दिई उहाँ शिखरता पुग्नु भएको छ । उहाँ विभिन्न विश्वविद्यालय, आयोग तथा अनुसन्धान केन्द्रहरूमा विषयविज्ञ, मार्गदर्शक र परीक्षकका रूपमा समर्पित हुनुहुन्छ । 

सम्मान : 

पुरस्कार तथा सम्मानको कुरा गर्नुपर्दा नारायणी वाङ्मय पुरस्कार (२०५२), नेपाल विद्याभूषण (२०७०), नेपाल सरकार राष्ट्रपतिको कार्यालय प्राप्त गर्न सफल हुनुभएको छ । अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट कृति पुरस्कार (अमेरिका, २०१०–११) र नेपाली प्रज्ञा प्रतिष्ठान सम्मान (म्यान्मार, २०११) बाट पनि आफुलाई सिंगार्न सफल हुनु भएको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालय दीर्घसेवा स्वर्णपदक (२०८०) र महाकवि देवकोटा राष्ट्रिय पुरस्कार (नेपाल सरकार, २०८२) जस्ता गरिमामय दक्षताको काबिल आफुलाई घोषित गर्न राज्यलाई बाध्य बनाउनु भएको छ । यसलाई हामीले अहम् होईन् गर्वपुर्वक हेर्ने गर्नुपर्छ । उहाँको गर्वका विषयलाई शब्दमाला बनाई समाजले सम्मा गर्नुपर्छ । समग्रमा उहाँले ५० भन्दा बढी राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । यसले उहाँको बहुआयामिक योगदानलाई प्रतिबिम्बित गर्छ ।

अन्तमा, प्रा.डा. लक्ष्मणप्रसाद गौतम नेपाली भाषा, साहित्य र समालोचनाको क्षेत्रमा आफ्नो जीवन समर्पण गरेका प्राज्ञिक हस्ती हुन् । साहित्यिक सृजना, अनुसन्धान, समालोचना, सम्पादन, पाठ्यक्रम निर्माण, भाषाशिक्षा र संस्थागत नेतृत्व गर्दै उहाँले नेपालमा मात्र होईन्, म्यान्मार, थाइल्याण्ड, भारत, बाङ्लादेश, अस्ट्रेलिया, अमेरिका जस्ता मुलुकमा पनि नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य गर्दै आउनु भएको छ । राष्ट्रिय गौरवको रुपमा उहाँलाई चिन्न सकिन्छ । आज उहाँलाई साहित्यका शिल्पी, समालोचनाका अभियन्ता र नेपाली भाषाका संवाहकका रूपमा सम्मानपूर्वक गर्व गर्न लायक व्यक्तित्व रुपमा चिन्न सकिन्छ । उहाँको साधना, योगदान र उपलब्धि भविष्यका पुस्ताका लागि प्रेरणाको उज्यालो दियो बनी बलिरहने छ । उहाँकै दीक्षामा दिक्षित हुने अवसर भावी पुस्ताले पहिल्याउन सक्नुपर्छ । राष्ट्रकै हिरा हो राष्ट्रले मुल्यांकन गर्न सक्नुपर्छ । उहाँबाट इतिहास रच्ने काम गर्नुभएको छ । अरुले अर्थात समाज वा राष्ट्रले पदचिन्हमा हिड्ने वा हिडाउने अठोटलाई चुनौती होईन् अवसर बनाउने शैक्षिक नीति अगाडि सार्नुपर्छ । 


प्रतिक्रिया