नेता बोली र व्यवहारको संगम पनि हो ।

बिराटनगरमा महेश बस्नेतमाथि आक्रमण भयो । समाचार बनाउनेहरुले जेन्जी आक्रमण गरे ।  सजिलो समाचार सम्प्रेषण गरे । शब्दको खेल युद्धको बीउ रोप्ने काम नेपालमा सञ्चार माध्यमले गरिरहेका छन । सत्य हो, आक्रमण भएकै हो । तर त्यो सत्य सृजना गर्ने स्वयम् महेश बस्नेत नै हो । यो कसैले लेखेनन् । उमेरमा जेन्जी होला तर विचार द्वन्दतिर धकेल्ने हल्ला महेश बस्नेत स्वयमले गरिरहेको यथार्थता कसैले बोलेनन्, किन ? किन त्यो नरसंहारले नैतिक न्याय पाएनन् ? किन सरकारले जनता त्यो अबोध बालबालिका मारे ? जस्ले भ्रष्टाचार चाहिदैन हामीलाई बेच्न पाइदैन भनेका थिए । तिनीहरूमाथि  अन्धाधुन्ध गोलि प्रहार किन गरे ? किन महेश बस्नेतले तेरो बाउको हिम्मत भए छोएर त देखा भन्ने खुलेआम आह्वान गरे ? किन जेन्जीलाई अपराधी भन्दै आफूखुसी जे मन लाग्यो त्यो बोल्दै हिडे ? त्यसको नतिजा जसलाई फिल्म अगाडिको टेलर भनिन्छ नि त्यो मात्रै देखाइएको हो । नेता भएपछि गुण्डा पाराले चर्तीकला देखाउनु आफैमा लाजमर्दो कुरा हो । आलो घाउमा नूनचुक छर्न लागि परिणाम भन्दा खासै फरक नपर्ला । देशमा शोक परेको बेला आफूले झ्याली पिट्दै नाच्न थाले पीडा पर्नेलाई कस्तो हुन्छ ? क्षमा याचन पनि नगर्नु उल्टो फर्केर दनक दिई हाल्ने जस्ता अभिव्यक्ति दिनुले के अब देश शान्तमय बन्छ र ? ७६ जनाको रगतले यो देशलाई शान्त बस्न दिन्छ त ? भन्ने प्रश्नहरू शेष रहेकै अवस्था फेरि उग्र देखाउन भोलिन्टियर फोर्स खडा गरेर शक्तिको मादकता सेवन गर्न खोज्नु कतिको जायज तथ्य हुन् ? अन्तरिम सरकारसँग भिड्न अपराधबाट बच्न शक्ति सञ्चयको मञ्चन हुनु आजको घटना हो । अत: जथाभावी नेताले बोल्न थालेपछी सिकेपछी त्यसको प्रतिकार जनता सडक उत्रेका हुन् जुन उमेर हदको नाताले जेन्जी भन्दै अन्यतिर घटना मोड्नु आफैमा एक दु:खदायी समाचार हुन् । यो असन्तुष्ट जवाफ मात्र हो । बोलिको प्रहारको प्रतिकार मात्र हो जुन अझ ठूलो भयावह अर्को रुप पनि हुनसक्छ । अत: समयमै संयमित हुनु जरुरी छ । नेता बोली र व्यवहार महान बन्न सक्ने व्यक्ति हुन् । भिड शान्त नै हुन्छ उत्तेजित बनाउन खोज्दा उत्तेजित हुन्छ्न । निशानामा आफू पनि पर्छ नै । र समाचार सम्प्रेषण उत्तेजनाको लागि मात्र होइन । सत्यतथ्य सम्प्रेषण गरेर शान्ति कायम गराउनु सञ्चारको कर्तव्य तथा दायित्व पनि हो । 

प्रतिक्रिया