गजल
जित्नभन्दा धेरै किस्मत जुटाई यहाँ हास्नु पर्दोरहेछ
मर्नभन्दा धेरै हिम्मत जुटाई यहाँ बाच्नु पर्दोरहेछ
संघर्षको जँघार तर्दै जिउनु नै जिन्दगी रहेछ
बन्न मानव सांसारिक नाता यहाँ गास्नु पर्दोरहेछ
हराओस् जिन्दगीले यसको नियति न हो
हारमा पनि रमाउने विश्वास यहाँ साच्नु पर्दोरहेछ
रंगमञ्चमा जिन्दगीले हाँसोको पात्र बनाईदियो
जस्तो ताल बज्छ त्यस्तै यहाँ नाच्नु पर्दोरहेछ
गरे राम्रा काम हजारौं एक गल्तिले नै बिलाप गराएसी
पल-पल बाधेको मन यहाँ भाच्नु पर्दोरहेछ
पुकारे सधैं मनले भगवानलाई तर भेटिएन कतै
त्यसैले त भगवानसँग आफैलाई यहाँ दाज्नु पर्दोरहेछ
मर्नभन्दा धेरै हिम्मत जुटाई यहाँ बाच्नु पर्दोरहेछ।
~ बिश्वजीत गुरुङ
१६ साउन २०८१, बुधबार ०७:५१ मा प्रकाशित