सरकार ! फलामलाई फलामले मात्र काट्न सक्छ ।
नेपाल देश बहु सभ्यताको संगम भएको देश हो । एकल सभ्यताको पहिचान र आवश्यक सोच हावी हुने कुराले तहसनहस हुन खोजिरहेको देश हो । यस्तोमा एउटा नाम अगाडि आए बालेन शाह जसले स्पष्ट भनेकै थियो कि यदि एउटा मधेशकै छोरा प्रधानमन्त्री हुँदैछ भन्ने सोच राख्नुहुन्छ भने भोट मलाई नदिंदा केही फरक पर्दैन । अधिकार माग्न काठमाडौ जाने होइन, काठमाडौ त घुम्ने ठाउँ हो । पशुपती, स्वयम्भू दर्शन गर्ने फर्किने हो । स्विजरलाण्डको कुरा उठ्दा पनि बडिमालिका र रामारोसन त्यो भन्दा सुन्दर छ । त्यसैले अब गफ होइन, विरोध होइन त्यसको सट्टा त्यति नै समय काम गर्नुपर्छ भन्ने विचार पस्केका थिए, जातीय कुरा भन्दा एक अर्काको सभ्यतालाई सम्मान गर्नुपर्छ भन्दै जिते । अब यो जित कसको ?
जितको हकदार नेपाली जनता हो कि होइन ? भन्ने प्रश्न उठ्दा बालेन अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिने को हुन् भन्ने प्रश्नको पनि विश्लेषण गर्नुपर्छ । नेपालमा विभिन्न कालखण्ड अनुरुप राज्य र शासन जन्मे र अन्त्य भए तर मानिसहरू जमात बढ्दै जाँदा कोहि मूलवासी, कोहि खसआर्य, कोहि आदिवासी जनजाती अन्य अरुहरु भेला भए तर जनता नै हुँ भनी प्रत्यक्ष छाती पिटेर फुर्ति गर्ने कोहि भएन । भन्नुको अर्थ माटो स्वरुपको बस्तीमा बस्ने देश मात्र बने जसमा बस्नेहरुको पुर्ण अधिकार र तिनीहरू न्यायको लागि शासक बन्ने कोहि जन्मिए पनि त्यो नगण्य बने । त्यो भनेको शासन सत्ताले जनताको पहिचान गर्न नसक्नु हो भने जनताले देश के हो बुझ्न छोडी बर्गीकृत बस्न रमाउनु हो । यसले देश र जनताको उन्नती एवम् प्रगति हुनेछैन । शासकले त्यसलाई राजनीति मान्दै रहनेछ । तर बालेन अर्थात रास्वपा त्यसबाट भिन्न छु, भिन्न हुँ भनी आएका हुन् । तर त्यसको लागि वर्तमान अवस्थामा जनता हुँ भन्ने व्यक्तिहरु जनता बन्ने छाँटकाँट देखिन्न । यस्तो परिस्थितिमा देश जटिल अवस्थामा रुपान्तरण हुनु बाहेक अर्को विकल्प शेष रहन्न । त्यसैले माटो स्वरुप भूगोल अनुरुप बसेकाहरूले सर्वप्रथम देश बुझ्नु जरुरी छ । त्यसको लागि आफूहरू को बन्ने त्यो किटान अबकी बार बालेन सरकारमा स्पष्ट हुनु आवश्यक छ । र बालेनले बोलेको शब्दले, कार्यले देशमा जनता हुनु आवश्यक छ भन्ने सन्देश प्रवाह गरेको छ । तर यसलाई कार्यकर्ता हुने सैद्धान्तिक राजनैतिक पार्टी अर्कै व्याख्या गरेका छन । व्यवहारको वर्णन पनि त्यस्तै त्यस्तै देखाई कमाउ धन्दा हो राजनीति भन्ने पुर्ण व्याख्या सहित सत्य हो भन्ने भ्रम फैलाउन सञ्चार जगत पनि लागि परेका छन । हुन त त्यसको प्रत्युत्तरमा १८२ सिट दिएर शासन सत्ता सुम्पेका छन । यो राम राज्य स्थापनाको लागि हो । र हामीले कहिल्यै पनि बिर्सिनु नहुने रामराज्यमा पनि धोबी जस्ता लाञ्छना लगाउने मान्छे पनि हुन्छ भन्ने बुझ्नुपर्छ । यसको लागि विशेषगरी मेरो राय अबका दिनमा के गरे के गर्ने भन्ने निर्णयलाई स्थापित गर्ने विचारलाई हावी गर्ने हो भने उखानकै आडमा एउटा कुरा जस्तै कि फलाम काट्न फलाम नै चाहिन्छ भन्ने तार्किक विचारलाई बुझ्नु जरुरी छ र विगतको घटना वि.सं. २०१५ सालको आम चुनाव जस्मा बिपि काँग्रेस जनमत ७४ सिट प्राप्त गरेको थियो भने वि.सं.२०६४ सालको पहिलो संविधानसभामा प्रत्यक्षमा माओवादीको १२० लाई सम्झिनुपर्छ । यो सिट समर्थक सिट हुन् । यसमा जनता छैन । ग्राहक, दर्शक र कार्यकर्ता मात्र छन । यिनीहरू राम्रो होइन, सस्तो बेच्ने ठाउँमा हुन्छन भने दर्शक हुनेहरू मनोरञ्जन प्राप्ति पछि कर्तव्य बिर्सिने जस्तै सिनेमाहलबाट बाहिरिए पछिको भूमिका हुन्छन । कार्यकर्ता भन्नेहरु अवसर जुटेसम्म गोजिकै सुपारी बनिरहन्छन । अत: समर्थकभित्रका यी नेपाली चरीत्रहरुलाई बालेन अर्थात रास्वपाले कार्यकर्ताकै रुपमा रुपान्तरण गर्दै देशको जनता बनाउने राजनीति रच्नुपर्छ । तर खराबको लागि होइन । अपराध वा भ्रष्टाचारको अन्धभक्त बनाउने सोच बनाउनुपर्छ । खराब बेकामका खिया लागेका फलामको लागि शुद्ध स्पाटस्वरुपको फलाम बनाउने काम तत्कालै रास्वपाले गर्नुपर्छ । यो कुरालाई कामबाट प्रमाणित गर्दै लैजानुपर्छ ।
अन्तमा, जनतालाई जनता बनाउन नसकेसम्म यो देशको अवस्था यस्तै रहन्छ । आफूले पाउने कमिसन आफ्नै आमाको रगत निचारेको पाएको हो जनता नबनेसम्म बुझ्दैनन् । विकास बजेट खर्चिने आफ्नै रगत निचारेर छुट्याएको यथार्थता जनताले नबुझेसम्म यहाँका भौतिक विकास यस्तै बनिरहनेछ । उदाहरणको लागि मेरै कीर्तिपुर बाघभैरव पछाडी लिच्छविकालको सम्पदा मासेर गोरेटो बाटो नभएको ठाउँमा मोटर बाटो निर्माण गर्दैछ जुन नैतिक रुपमा पुरातात्त्विक महत्वको हिसाबले ती कार्य आफैमा निन्दनीय छ । तर केही कमिसनको आसमा आफ्नै आमाको छातीमा लात हाने सरह कार्य हुँदैछ । र त्यस बापत प्राप्त कमाई चाहे ठेकदार होस् वा अन्य जसले योजना कार्यन्वयनमा लागे त्यसले त्यो बापत प्राप्त गर्ने केही रकम आमाकै छाला काटेर प्राप्त गरेका आम्दानी हुन् बुझ्न छोडेका छन । यस्तै कीर्तिपुर ३ अवस्थित मभिं पोखरीमाथी सौन्दर्यकरणको नाम दिई भद्दा मजाक स्वरुप पुरातात्त्विक महत्व र महिमा बोकेको पोखरीको बीचमा पाटी बनाउने कोसिस कीर्तिपुर नगरप्रमुखले विनियोजन गरिएको ३५ लाखको आडमा निर्माण गर्न खोज्दैछन । पुरातात्त्विक अस्तित्व धरापमा पार्ने जुन विनियोजन र खर्चमा जो कोहि लागेको भए पनि त्यसले आफूलाई खिया लागेको फलाम बाहेक अन्य बुझ्न चाहेको छैन । मेरै वा आफ्नै सन्तानको खेलवाड बापत खुल्ला पर्यावरण मासेर स्वरुपको अस्तित्व र महत्व घटाउँदैछु भन्नू या त कमिसन ठूलै पर्ने त्यो संकेत हुनुपर्यो या यो देशको त्यो चाहे नगरप्रमुख नै किन नहोस् कार्यकर्ता भन्दा माथिको सोच राख्न सक्ने जनता चाहिँ पक्कै होइन । पुरातात्त्विक महत्व बोकेको सम्पदा जोगाउनुपर्छ सोच्न सकिन भने त्यो लास सरह नै हो जसको मिति आउन बाँकी जसबाट देशको बारे केही परिकल्पना गर्न सक्दैन । र जनताले खर्चको उचितता खोज्नुपर्छ । त्यसको लागि खराबलाई खराबै हो भन्ने चेत चाहिँ राख्नुपर्छ । बालेन वा रास्वपाले यो कुरालाई मुखबाट बोले तर व्यवहारबाट देखाउन बाँकी छ । यसको लागि स्पाटजस्तो फलामको परिकल्पना गर्दै त्यो देशको प्रयोगमा खर्चिनुपर्छ । १७ लाखलाई स्पाटस्वरुपको फलाम बनाउनु अतिआवश्यक छ ताकी खिया लागेका फलाम पनि छाँटकाँटबाट कतै १७, १४, ८ लाख मध्ये कोहि स्पाटस्वरुपकै फलाम बन्ने चेत खुल्छ कि ? चेत खुलेको अवस्थामा जनताले देशको राज्य शासन गर्नेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर