कीर्तिपुरको अपिल

कीर्तिपुरको अपिल 

कीर्तिपुर एक सुन्दर वनभित्रको एक पौराणिक बस्ती अर्थात शक्ति पिठ हो । यस क्षेत्रको रक्षक देवता स्वयम् भगवान् शिव हुन् भन्ने चरितार्थ गर्न बाघले भैरवको रुप लिई पालक बनेको भूमी हो । यस पावनभूमीमा पाइला टेक्न पात्र पाए पनि पवित्र हुने कथाहरू छन । र विश्वले कीर्तिपुरलाई बुझ्ने आफ्नो बुझाई यी बाहेक पनि अरु अन्य पवित्र कथाहरू धेरै छन । यस्तो भूमीमा जन्मिन पाउनु आम कीर्तिपुरबासीको एक गौरवसँगै त्यसमा आवद्ध हुन पाउनु आफैमा स्वाभिमानको कुरा हो । सम्मान एवम् आशिष पाउनु हो । त्यसको हामीले हृदयदेखि सम्मान नै गर्नुपर्छ । 

हाल नेपाल लगायत विश्वमा विभिन्न समस्याहरू झाँङ्गिदै गएको अवस्था छ भने कीर्तिपुरमा पनि ती समस्याहरू दिन दुगुणा र रात चौगुणा हिसाबले फैलिरहेका छन । उदाहरणको लागि, मृगौला रोगका बिरामीहरू कीर्तिपुरमा पनि प्रशस्तै छन जसको निदान भनेकै एक डाइलसिस प्रक्रिया नै हो । त्यसको लागि कीर्तिपुरमा विशेषगरी कीर्तिपुर अस्पतालभित्र प्रयाप्त ती सुविधाहरू छैनन् । त्यसको लागि कीर्तिपुरका कुल जनसंख्या ८१५७८ ले सोच्ने दिन आएको छ । ती कुरालाई मनन गर्न सके सम्पुर्ण कीर्तिपुर लगायत अन्यले पनि यस धर्तीको माटोको पवित्रता एवम् शुद्धता बुझ्नेछ भन्दै केही कुरा राख्दैछु । र यो भन्दा पहिले पनि यसको बारे कुरा राखेको थिएँ तर त्यसको महत्व राजनीतिले अर्कै अर्थ बुझे, त्यसमा मेरो भन्नु केही छैन । कीर्तिपुर स्वच्छ रोग मुक्त हुनुपर्छ । सम्मान गर्न लायक धर्ती बनाउन आम कीर्तिपुरबासी जाँग्नुपर्छ ।

मृगौला रोग दिनप्रतिदिन बढ्दै गएको गम्भीर स्वास्थ्य समस्या बनिरहेको छ । यस्ता बिरामीहरूले बाँच्नकै लागि नियमित रूपमा हप्तामा २–३ पटक डायलाइसिसबगर्नुपर्छ, जुन समयमै नपाए जीवन जोखिममा पर्न सक्छ । यसको लागि हामी कीर्तिपुरबासी सचेत र सजग भई यसको निदान खोज्नुपर्छ भने उपायमा जुट्नुपर्छ । 

कीर्तिपुर नगरपालिकाको सहयोगमा २०७४ सालदेखि २०७९ सालसम्म कीर्तिपुर अस्पतालमा ४ वटा डायलाइसिस मेसिन र १ वटा ICU मार्फत सेवा सञ्चालन हुँदै आइरहेको सबैलाई जानकारी नै छ होला । यसले धेरै बिरामीलाई राहत दिइरहेको छ । तर पछिल्लो समय बिरामीहरूको संख्या बढ्दै जाँदा अहिले उपलब्ध सेवा अपुग हुन थालेका छन । धेरै बिरामीले पालो कुर्नुपर्ने, ढिलो सेवा पाउनेजस्ता समस्या देखिन थालेका छन । मासिक १२८ जना बिरामीको सेवामा दुई सिफ्ट चलाएर सेवा दिइरहेको जानकारी दिंदै गर्दा त्यो संख्या पुन: अपुगमै गनिन थालेका छन । यो हाम्रो दु:खका विषय हुन् । 

यस्तो अवस्थामा हाललाई थप २ वा ४ वटा जति डायलाइसिस मेसिन जडान गर्न सकेको अवस्थामा केही राहत महसुस हुनेछ भने उपचार सेवा धेरै सहज हुनेछ । बिरामीहरूले समयमै उपचार पाउनेछन, अनावश्यक प्रतीक्षा कम हुनेछन र धेरैको जीवन बचाउन सहयोग पुग्नेछन । 

यसै विषयलाई ध्यानमा राख्दै आज मिति २०८३ वैशाख १२ गते विभिन्न संघसंस्थाका प्रतिनिधिहरू Leo Club Kathmandu Kirtipur, Leo Club of Kathmandu Kipu, JCI Kirtipur, कीर्तिपुर उद्योग वाणिज्य संघ, नेपाल वितरक संघ, कीर्तिपुर निर्माण व्यवसाय संघ, कीर्तिपुर विकास समाज—का साथै पत्रकारज्यूहरू र सामाजिक अभियन्ताहरूको सहभागितामा महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।

छलफलमा सबैले एकमत भएर स्वास्थ्य सेवाको पहुँच बढाउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिए । विशेषगरी डायलाइसिस सेवा विस्तार गर्न सबै क्षेत्रबाट सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ । यसलाई व्यवहारमा उतार्ने, सहयोग जुटाउने र बिरामीहरूको जीवन बचाउने दिशामा ठोस कदम चाल्ने भन्दै आजको बैठक समापन गरिएको छ । 

अन्तमा, हुन त यो कार्य राज्यले गर्नुपर्ने अहम् जिम्मेवारीभित्र जीवन दान योजना हुन् । यसमा राज्य पन्छिनु हुन्न भने राज्यको आशमा मात्र जनताले त्यसको बेवास्ता गर्ने हो भने राज्यसँगै त्यसभित्रका मानिस पनि चिहानकै पर्खाइमा मात्र हुनेछ भन्नेमा दुइमत छैन । एकले अर्कोप्रति देखाउनु पर्ने सद्भाव खरानी भएरै जानेछ । साथै अपनत्वको अर्थ पनि रहनेछैन भने कीर्तिपुर राज्यको माटो पनि अपमान नै हुनेछ भन्दै हुन त भन्दा पहिले पनि सहकार्य र सम्भावनाको कुराले मात्र स्वास्थ्य दीगो हुन्छ भन्ने कुरा राखिसकें । तर त्यो व्यक्तिगत कुरा मात्रै हुन गई सार्वजनिक पदमै आसिन व्यक्तिले त्यसको महत्व र गरिमालाई बुझ्ने प्रयास गरिएनन् । अत: हिजोका दिनमा को गए त्यो भन्दा पनि आजको दिनमा के छ त्यसको निदान खोज्नु नितान्त आवश्यक छ । त्यसको लागि पुन: सबैमा अपिल छ कि कसरी हुन्छ आम कीर्तिपुरबासीको लागि सोचौं, बाँच्ने अधिकार खोस्ने राजनीति कहिं कतैबाट नहोस् भन्दै स्वास्थ्य सबै क्षेत्रमा कीर्तिपुर पवित्र छ भन्ने सन्देश पुर्‍याउन जुटौं ।

 

प्रतिक्रिया