धोबीको आरोपमा सीताको बनवास झैं गृहमन्त्रीज्यूको राजीनामा
धोबीको हल्ला सुनेर सीतामाथि प्रश्न उठाउने समाजले कहिल्यै सत्यको पक्ष लिँदैन । उसले केवल आवाजको भीड पछ्याउँछ । रामायणमा देखिएको त्यो क्षण केवल एक कथा थिएन, त्यो आजसम्म दोहोरिँदै आएको मानसिकताको ऐना थियो ।
कुनै समयका डाँकु रत्नाकर नै पछि वाल्मीकि बन्न सके किनकि समाजले परिवर्तनलाई स्वीकार गर्ने क्षमता राख्यो । तर आजको समाजमा प्रश्न उल्टो छ । यहाँ परिवर्तन गर्न खोज्नेहरूलाई नै संकुचित नजरले हेरिन्छ । मानौँ, कोही सुध्रिन खोज्नुभन्दा अपराधी भएरै बस्नु सजिलो छ ।
यदि अपराधीलाई डर लाग्ने अवस्था बनाइयो भने, कानुनी राज्यको स्थापना सम्भव हुन्छ । यो सरल र स्पष्ट सत्य हो । तर जब कसैले त्यो डर जगाउने प्रयास गर्छ, तब ऊ स्वयं विवादको पात्र बन्छ । किन ? किनकि समाज सत्यभन्दा सहजता रोज्छ, न्यायभन्दा आफ्नोपन
कुनै समयका डाँकु रत्नाकर नै वाल्मीकि बन्न सके किनकि परिवर्तनलाई त्यतिबेला “अवसर” मानिएको थियो । आज भने परिवर्तनलाई “खतरा” ठानिन्छ । किन ? किनकि परिवर्तनले केवल व्यक्तिलाई होइन, सिंगो व्यवस्थाको नाङ्गोपन देखाउँछ । आजको समाजको विडम्बना यही हो कि यहाँ अपराधीभन्दा सुधारिएको मान्छे खतरनाक ठानिन्छ । किनकि अपराधी पूर्वानुमान योग्य हुन्छ, तर परिवर्तनशील मान्छे स्वतन्त्र हुन्छ । र स्वतन्त्रता सधैं नियन्त्रण खोज्नेहरूको लागि असहज हुन्छ ।
जब कसैले अपराधीहरूको निन्द्रा हराम पार्छ, उसले केवल अपराधलाई होइन, अपराधबाट फाइदा लिने मौन संरचनालाई पनि हल्लाइरहेको हुन्छ । त्यसैले त्यस्तो व्यक्ति विरुद्धको विरोध व्यक्तिगत हुँदैन, त्यो एउटा संगठित आत्मरक्षा हो जहाँ गलतहरू एकअर्काको ढाल बन्छन र सही व्यक्ति एक्लो पारिन्छ । र सुधन गुरुङजस्ता पात्र किन पचाउन गाह्रो हुन्छन भने उनीहरूले प्रश्न उठाउँदैनन् मात्र, उनीहरूले उत्तर माग्छन । र उत्तर दिन नसक्ने समाज सधैं प्रश्नकर्तालाई नै दोषी बनाउँछ ।
यथार्थ अझ कठोर छ, यो समाज सत्य सुन्न डराउँछ किनकि सत्यले “हामी ठीक छौं” भन्ने भ्रम टुक्र्याउँछ । नैतिकता यहाँ सिद्धान्त होइन, सुविधा अनुसार बदलिने मुखौटा हो । त्यसैले साहस देखाउने मान्छेहरूलाई इतिहासले सम्झिन्छ तर वर्तमानले सजिलै स्वीकार्दैन । र सायद यही कारण हो कि सत्य बोल्नेहरूलाई प्रमाण दिनु पर्दैन तर चुप लाग्न बाध्य पारिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर