चलिरहेको छ हावा, बगिरहेको छ खोला
बेस्करी दौडिरहेको छ समय तर म हिड्न सकेको छैन,
बोल्न सकेको छैन्, लेख्न सकेको छैन।
एक ठाउँ मा चुप लागेर बस्न पनि त सकेको
छैन् नबोलि बस्दा मुर्दा भन्दा के फरक छ र म मा।
नचलि बस्दा सासले छोडेको शरिर भन्दा के फरक छर म मा
बास मलाई कुर्नलाई मान्छेहरु बसेका छैनन् वरिपरि
मेरो भौतिक शरीर मात्रै चलिरहेको छ।
मन त मरिसकेको जस्तो भइसकेको छ।
आखिर गल्ती कहाँ गरे कहाँनेर मैले बाटो बिराए।
न उत्तर भेटेको छु।
न उत्तर खोज्ने प्रयासमा नै छु।
हर चिजमा प्रयास गर्दा पनि शून्य भएपछि आखिर
मरेको भन्दा के नै फरक भयो र। प्रयास नगरेको पनि होइन। भएको केही पनि छैन।
धार्नीको शरिर सुकेर बिसौली भाको छ
तनाब... तनाब केजीबाट बडेर क्विन्टल भाको छ
आजभोलि म टाउकोमा परमाणु लिएर हिडेको छु
मेरो शिर.... मेरो शिर टेन्सन, डिप्रेसन, एनजईटी
माइग्रेन् दुखाइको स्टोर भएको छ।
एक्लै हुँदा रुईदिन्छु बरु सुनाउदिन कसैलाई।
म सबैको सुन्छु, सबैको दुख छ भनि म अरुको कुरा
उडाउदिन
सुनाई हाले भने पनि कुनै तुक रहँदैन उडाइ
दिन्छन् हावामा त्यसैले त म आफ्नो सुनाउदिन ।
अहिलेसम्म मैले मभित्रको "म" लाई जिति रहेको छु।जित्थेन भने म "म" रहदैन थिए मेरो भौतिक शरीर मरेर जान्थ्यो
आत्माले पुनर्जन्म लिन्थ्यो होला।
अरे यार हार सबैको हुन्छ हार भएर पनि। "हार" लाई जित्नु नै जित हो भनि चित्त बुझाउछु।
✍️सि.एन परियार