आत्मा मार्न पाउनुपर्छ : संघर्ष त्यो हो भन्न थाले ।

आत्मा मार्न पाउनुपर्छ । 


शेयर किन्नु अपराध ठान्न थाले  

समृद्ध छु भन्नु अपराध मान्न थाले 

देशको सम्पत्ति लुट्दिन भन्दा लुट्नैपर्छ,

 राजनीति लुट्न नै हो भन्न थाले ।


 स्वतन्त्र स्वराज दिन्छु भन्दा गुलाम हुन नै 

बाँचेको हुँ कार्यकर्ताले मनन गर्न थाले । 


विश्व बजार जल्दा नेपाल पनि जल्नैपर्छ

धैर्य त्याग्दै पार्टी ठूलो मान्न थाले 

देश भन्दा नेता नै सर्वेसर्वा बुझ्न थाले । 


सडोस वा कुहियोस जे पनि किनेरै बाँच्नुपर्ने 

मौसममा परिवर्तन चाहिन्न भन्न थाले । 


बोकेर आफ्नै लास आफ्नै काँधमा.... कहाँ गाडौ ?

 चिहानहिन, मलामीहिन, सभ्यताहिन हुँदा नि चेतना चाहिन्न, 

मनुष्य होइन भन्न थाले 

अब त कहिल्यै मर्दैन भन्ने आत्मा पनि मार्न पाउनुपर्छ

त्यो संघर्ष हो भन्न थाले ।

प्रतिक्रिया