पकवा खोलाबाट पानी ल्याइएको पाइप जलेको छ ।

एउटा सहर जहाँ पिउने पानी काकाकुल थियो । सुन्दर संसारको सुन्दर त्यो सहरमा एकदिन भगवानले मान्छेको रुप लिई जन्मेछ । जीवन जन्म हुर्काउन अनेक संघर्षसँग समाज यो ठिक त्यो बेठीक बुझाउँदै अनेक तपस्या पश्चात् सत्ताको शासक बने । हिजोका ती बेथिति कुनै पद वा सत्ताले दुरुपयोग

गर्न हुन्न मान्यता साथ मनुष्य प्यास मेटाउनु पर्छ प्रकृति शाश्वत अधिकार बुझाउन वरदान स्वरुप श्रमदानमा पदिय मर्यादाद्वारा समर्पित गरि पानी सहरसम्म ल्याईदिए । अनेक आरोप प्रत्यारोपण खेपेर पाएको पानी भष्माशुरले पाएको वरदान सरह महसुस भएछ, कुन्नी ? पानीले भरिएको पाइपमा भष्माशुरले छोएछ । जलेर खरानी भएछ । मनुष्यको नियती यतिसम्म पनि भएछ आफ्नो भागको भोक ठूलो अनि अरुको पीडा तुच्छ लाग्ने रहेछ । आफ्नो जलन, जलन अरुको मलम हुने स्वार्थमा मनुष्य किन फसे ? धरानका जनताको घाँटीमा अड्केको प्यास मेटाउन गरिएको योगदान आज किन महसुस भएन् ? आफु जलेरै पनि अरुलाई उज्यालो दिनुपर्छ भन्ने सिक सिकाउन भगवान झै तथास्तु भन्न जितेको, जितेर जनतामै समर्पित तुच्छ प्राणीको त्यो त्यागबाट हामीले मनुष्यले कुनै नक्कल गर्न वा सिक्न सकिएन् भने हाम्रो जीवन आफै बेकार छ । प्रकृति पुजक धर्तीमा धर्तीकै लागि जन्मिएको मनुष्यको आँसु लाग्छ । श्रमदानलाई वरदान स्वरुप दिने अनि लिनेले जाँच आफ्नै टाउकोमा हात हाले जस्तो डढेको लगाउनु महापाप हो । पाइप जल्नु आफैलाई श्रापित बनाउनु हो । विचार होस् । 

प्रतिक्रिया