होलि

होलिले जन्माएको कुरा 

पुर्णिमा १२ वटा हुन्छन् । ११ वटा पञ्चमीमा पर्छन् भने एउटा चतुर्दशीमा पर्छ । जसलाई धेरैले भेदभाव रहित पर्व, रंग र संगको संगम सद्भाव पर्व मान्दै आएका छन् । दुई भूगोल पहाड र तराइ भनिएको छ । अखण्डताको वकालत गर्नेहरूले, लोकतान्त्रिक गणतन्त्रमा साझा कुरा खोज्नेहरुले, समानता र समुचित विकास पहिचान खोज्नेहरुले एकरुपता कहिले खोज्ने हुन् ? होलि र फागु दुई भिन्न सोच्नेहरुले यहाँनेर अन्तर विकराल कुरा सोच्नु आवश्यक छ कि छैन् ? व्यवस्थाले खोजेको संघर्षमा समानता, चित्कार बन्दा नि अझ भनौं नेपालभित्र नै साँस्कृतिक भूगोल दुईटा खोज्नेहरुले समग्रमा नेपालको विकास सोच्न सकिएला ? किन संस्कारले नेपालको अझ भनौं नेपाललाई पहाड र तराइले विभाजन गरि शासकीय सोचलाई दासत्वमा रुपान्तरण गरिरहेका छौं, भन्न चाहेका छैनन् । आखिर पहाड भनिए पनि तराइ नामले भूगोलको वर्णन गरेपनि आखिर नेपाल नै हुन् साँस्कृतिक एकरुपता दर्शाउनु पर्छ कि पर्दैनन् । पहाडमा चतुर्दशीको दिनमा फागु र तराईमा पञ्चमीको दिन होलि पर्व मनाई रहने हो भने हामीभित्रको आत्मीयता कहिल्यै प्रगाढ हुन सक्दैन् भने फागु र होलि भन्दै विभाजित संस्कारले नेपालको प्रतिनिधित्व गर्नु दु:खदायी कुरा हुन् ।

प्रतिक्रिया