मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु, नयाँ अध्यादेश ल्याउने चर्चा

काठमाडौँ, नेपाल – प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक नियमित रहेको बताइएको छ।

बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए। सो क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल पनि उपस्थित थिए।

यसैबीच, प्रमुख प्रतिपक्षी दलहरूबीच पनि उच्चस्तरीय छलफल भएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच आजै भेटवार्ता सम्पन्न भएको छ।

राजनीतिक वृत्तमा विभिन्न अड्कल काटिँदै गर्दा राति अबेर मन्त्रिपरिषद् बैठक बसेको हो। स्रोतका अनुसार सरकारले केही अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चा छ। यद्यपि, औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

मन्त्रिपरिषद् बैठकका निर्णयहरूबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया