मुस्ताङका ५ वटै पालिकाका नागरिकले सीमापार पास पाउँने सहमती

जोमसोम— मुस्ताङका ५ वटै पालिकाका नागरिकलाई (नेचुङ—लेग्चे ) सीमापारी कोरलानाका जान पाउँने भएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु बिष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङको विशेष पहलमा  लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकलाई मात्र दिने गरिएको सीमापार प्रस्थान अनुमती पत्र पास अब वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका नागरिकलाई पनि पाउँने भद्र सहमती भएको बताईएको छ ।


चीनले नेपाल पक्षले मुस्ताङका सबै पालिकाका नागरिकले  सीमापार प्रस्थान अनुमती पत्र पास लिएर आएमा चीनले प्रेवशमा रोकतोक नगर्ने सहमती भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । लगातार ४ वर्षपछि आज सोमबार औपचारिक रुपमा विधिवत उद्घाटन भएको नेचुङ—लेग्चे  कोरलानाकाको औपचारिक कार्यक्रममा उक्त सहमती भएको अध्यक्ष बिष्टले जानकारी दिए । योसंगै मुस्ताङका ५ वटै पालिकाका नागरिकले सीमापार प्रस्थान अनुमती पत्र पास पाउँने अध्यक्ष बिष्टको भनाई छ । उक्त सहमती चीन पक्ष र नेपाल पक्षबीच भद्र सहमती भएको उनले बताए । 

यसैगरी आज सोमबारदेखि संञ्चालनमा आएको नेचुङ —लेग्चे   कोरला नाका अब दैनिक बिहान ८ बजेदेखि दिउँसो सम्म खुल्ला रहने सहमती गरिएको छ । जसअन्र्तगत  बिहान ८ बजे देखि ३ बजे सम्म संञ्चालन हुने नाका खुल्ला अवधिको बिहान ११ बजेदेखि १२ बजेसम्म खाना खाने ब्रेक समय रहने सहमती भएको गाउँपालिकाका अध्यक्ष बिष्टले बताए ।

 हिउँदयामको प्रतिकुल मौसम,हिमपातका कारण नाका आउजाउमा असहज हुँने अवस्था आएमा नेपाल पक्ष र चीन पक्षबीचको सहमतीमा आवश्यक निर्णय लिने सहमती भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । 


लगातार ४ वर्षदेखि बन्द नेचुङ—लेग्चे   कोरलानाका खुल्ला गरिएको पहिलोदिन करिव ७ सय नागरिकले  चीनको तिब्बती बजारमा गएर मालसमान खरिद गरे । नाकाको पहिलोदिन अहिले सम्मकै निकै ठुलो मानव गुज्जार थियो । पहिलो दिन भएकाले चीन पक्षले नेपाल पक्षका नागरिकलाई कडा चेकजाँच गरेको थियो ।


प्रतिक्रिया