काठमाडौं, –प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेका छन्। भेटका क्रममा मुलुकका समसामयिक राजनीतिक, कानुनी, र प्रशासनिक विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री ओलीसँगको यो छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी थिए। भेटवार्ताको विस्तृत विवरण सार्वजनिक नगरिए पनि, यो बैठकलाई हालका राजनीतिक घटनाक्रमसँग जोडेर हेरिएको छ।
भेटपछि कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक नगरिए पनि सरकारका उच्च अधिकारीहरूको सहभागिताले छलफललाई थप महत्त्व दिएको देखिन्छ।
२६ पुस २०८१, शुक्रबार ०६:५१ मा प्रकाशित