जोमसोम—प्रहरी सेवा भन्ने बित्तिकै समाज र राष्ट्रका लागि प्रवाह गर्ने सेवा भन्ने बुझिन्छ । प्रहरी सेवाले समाजमा शान्ति,सुशासन,सुरक्षा तथा अपराध नियन्त्रणका साथै समाज रुपान्तरणमा ठुलो योगदान दिने गृह प्रशासनको एक महत्वपूर्ण अंगको रुपमा लिने गरिन्छ ।यही सेवामा छिरेका एक प्रहरी सेवाका एक उदाहरणीय पात्र हुन् गुल्मीका प्रहरी नायव उपरीक्षक डिएसपी भोजराज पाण्डे । प्रहरी सेवाका साथै फुर्सदिलो समयमा पाण्डे साहित्य सृजना गर्नमा पनि जुट्ने गर्छन । उनी प्रहरी सेवासंंगै गीत र स्तम्भ आदी लेख्न रुचाउँने एक साहित्यिक सर्जक पनि हुन् ।
प्रहरीको भूमिका केवल राष्ट्रका लागि समर्पित हुने गौरवशाली संस्था हो नेपाल प्रहरी । प्रहरी सेवा भन्ने बिक्तिकै सहजै अनुमान गर्न सकिन्छकी यो संस्था जनताकै शान्ति सुरक्षा,अमनचैन,विकृति बिसङ्गी न्यूनिकरण गर्दै गतिशील र सभ्य समाजको परिकल्पना गर्ने एक सरकारी निकाय हो । जनताको जीउधन र न्याय सम्पादनमा प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ । यसो भन्दै प्रहरीले यसमा मात्र सीमित हुनुपर्छ भन्ने क्राईट एरिया हुँदैन । प्रहरीले आफ्नो योग्यता ,दक्षता र क्षमता जुनसुकै माध्यमबाट पनि उजागर गर्न सक्छ ।प्रहरी सेवामा हरेक विधामा क्षमता भएकाहरुलाई पनि आवद्धता गराईने गरिन्छ ।
प्रहरी सेवामा समर्पित भएर देश जनताको पक्षमा निरन्तर काम गर्दैआईरहेका मुस्ताङका प्रनाउ पाण्डे साहित्य रचनामा निकै रुचि राख्छन् ।उनले देश भक्तिपूर्ण प्रहरी सेवाको भूमिकालाई शब्दमा उतार्नदेखि आधुनिक गीत लेखनमा पनि दख्खल छन् । उनले हालसम्म ६ वटा आधुनिक गीत र एक देशभक्तिपूर्ण प्रहरी गीतको शब्द रचना गरेका छन् म्यूजिक भिडियो समेत तयार गरी रेकर्डिङ गरिएको उनको म्यूजिक भिडियो यूटुबमा हेर्न सकिन्छ । उनले शब्द सृजना गरेको ‘प्यासको भोकमा देखेनौ र मलाई बोलको गीत गायिका सारिका घिमिरेले गाएकी छिन् । यो गीत २०७६ सालमा युटुबमा अपलोड गरिएको हो । ‘घुम्टो ओढी नबस।उठाउ तिम्रो आँचल’बोलको गीतलाई बिक्रम राईले स्वरवद्ध गरेका छिन् ।यो गीत २०७७ सालमा युटुबमा अपलोड भएको हो ।
प्रनाउ पाण्डेद्धारा शब्द रचना गरिएको ‘बिते कति रात,कोल्टे फेर्दाफेर्दै बोलको गीत पनि २०७६ सालमा अपलोड भएको हो । यो बियोगान्त आधुनिक गीतमा गायिका मेलिना राईले स्वर भरेकी छिन् । यसैगरी प्रनाउ पाण्डेले देशभक्तिपूर्ण प्रहरी गीत आँधी हुरी÷नेपाल प्रहरी बोलको गीत पनि रेकर्ड गराई युटुब च्यानलमा राखेका छन् ।उक्त गीतमा प्रताप दाशले स्वर दिएका छन् । मुस्ताङमा कार्यरत प्रनाउ पाण्डेका अझै आधा दर्जन गीत रेकर्डिङ हुन बाँकी छ्न् ।
प्रनाउ पाण्डेले प्रहरी सेवाको फुर्सदिलो समयमा आफुलाई लेख र गीत लगायतका साहित्य सृजना गर्ने बानी परेको बताए । प्रहरी सेवा,मायाप्रेम, मिलन बिछोड र राष्ट्रियताप्रति केन्द्रित रहेर शब्द रचना गर्ने गरेको उनले बताए । प्रनाउ पाण्डे विगत २ महिनादेखि मुस्ताङमा प्रहरी प्रमुखको कार्यभार सम्हाल्दै आईरहेका छन् ।