अबको आशा : बालेन(रास्वपा)
रास्वपाले प्राप्त मत विकासको लागि भन्दा नि व्यवस्थापनको लागि हुनुपर्छ । ३७४५९ मत क्षेत्र नं.१० मा रास्वपाले पाउनु भनेको विगत भ्रष्टाचार बेथिति विसंगती विरुद्धको थियो । यसले समग्रमा विकास भन्दा व्यवस्थापन दिशानिर्देश गर्नुपर्छ । सम्पदा जोगाउन सक्नुपर्छ । सम्पदामा डसेर चुसेर खाने शक्तिमाथि सख्त कार्वाही हुनुपर्छ । नाम जति राम्रो राखेर बजेट खर्च गर्ने हावादारी विकासलाई जरै देखि बन्देज निस्तेज पार्नुपर्छ । प्रत्येक वडामा अन्य अन्य पुराना दलहरूले भन्दा जस्तै कीर्तिपुर नपा वडा नं. १ मा रास्वपाले १२४१ मत पाउनुभनेको त्यस क्षेत्रको बाघभैरवको सम्पदा संरक्षण एवम् विकास व्यवस्थापनसँगै त्यति मतदाताले बेथिति विसंगति एवम् भ्रष्टाचार विरुद्ध बोलेको धावा हो । यसलाई रास्वपाले साक्षात्कार स्वरुप दिन सक्नुपर्छ, ग्वापुखू यस क्षेत्रको मानव उत्पत्तिको कथा हो, क्षेत्र नं.१० मात्र होइन पशुपतिको उत्खनन कीर्तिपुरबाटै भएको हो भन्ने तथ्य सुनाई रहेको छ ।
त्यस्तै वडा नं. २ मा १३७१ मत प्राप्त हुनु भनेको अन्धाधुन्ध विकास भन्दै मन लागी खर्चिरहेको बजेट विरुद्धको बुलन्दता हो । अनाधिकृत सम्पदा मास्न पाइदैन भन्ने चेतावनी हो ।
त्यस्तै वडा नं. ३ मा १५२३ मत पाउनु भनेको त्यहाँभित्र भईरहेको गलतको आवाज हो । त्यसविरुद्ध अब रास्वपाले बोल्न सक्नुपर्छ । १००० वर्ष भन्दा पहिलो पोखरीहरुको संरक्षण हुनुपर्छ त्यसमा आफूखुसी सत्ता र शक्तिको आडमा कमाइ खान मनपरि योजना लाद्नुहुन्न प्रयोग हुनुपर्छ । कीर्तिपुर समृद्धिको सहि योजना मान्दै भिमसेन थापाले आफ्नो ३२ वर्षको शासनकालमा ७ जना कर्मचारीहरु नियुक्त गरेको कुरा सहि भन्न १५२३ मत खसेको थियो ।
यस्तै वडा नं.४ मा २३४९ मत रास्वपाले पाउनुभनेको खेतीयोग्य जमिन मनपरि प्लटिङ्ग गर्न पाउँदैन भन्ने पुर्वाधारले पछाडी पार्न पाइदैन भन्न खसेको मत हो । साथै मन लागी बन फडानी गर्दा प्राकृतिक विपत्ति आउनसक्छ भन्ने चेतावनी एवम् मुहान संरक्षणसँगै पानीमा सबैको अधिकार भन्ने सन्देश पनि हो ।
वडा नं. ५ बाट १७१९ मत प्राप्त हुनुभनेको पनि माटो संरक्षण गर्न सके जीवन स्वस्थ हुन्छ भन्नू नै हो ।
वडा नं. ६ बाट २५९३ मत प्राप्त हुनुभनेको प्रकृति र पर्यावरण हामी मनुष्यकै सदुपयोग हुनुपर्छ भन्ने सन्देश हो ।
वडा नं. ७ बाट ९६० जहाँ काँग्रेसको १०३ र एमालेको ८३ हुनुभनेको सम्पदा जस्तै विष्णुदेवी चिहान संरक्षण रास्वपाले गर्नुपर्छ भन्ने नै हो ।
वडा नं. ८ बाट १०६८ मत प्राप्त हुनुभनेको कोर एरिया व्यवस्थित बनाउनुपर्छ भन्ने नै हो ।
वडा नं. ९ बाट १३८७ मत प्राप्त हुनुभनेको ठेक्कापट्टा मनपरि गर्न पाइदैन भन्नू हो ।
वडा नं. १० बाट १७०७ मत रास्वपाले प्राप्त गर्नुभनेको सम्पदा संरक्षण एवम् बजेट खर्च मनपरी गर्न पाइदैन भन्नू नै हो । नगरपालिका भवन तथा सामुदायिक क्षिक्षालय पोखरीमा बनाउन पाइदैन भन्ने चेतावनीसँगै खेलकुद मैदानमा भ्रष्टाचारको दुर्गन्ध देखिनु पनि हो । साथसाथै प्रयोजन हेतु विपरित खबरदारी पनि रास्वपाले प्राप्त गरेका मतका परिणाम हुन् ।
अन्तमा, कीर्तिपुरभित्रका वडामा हुने/भएका दादागिरीको पनि वास्तविक स्वरुपको परिणाम हो । यी बाहेक क्षेत्रमा नपुगेका पुर्वाधार विकास देखि शिक्षा स्वास्थ्यमा भै रहेको चरम लापरबाहीको नतीजा हो । मान्छे दास र लास होइन भन्ने वास्तविक तथ्य पनि हो । अत: मत मात्र दान गरेर पुन: मौन नै बस्न थाल्यो भने रास्वपाले प्राप्त गरेका मतको अर्थ रहनेछैन । जनताले देखाएको विद्रोहको स्वरुप सत्य सावित गर्न जनता नै जाँग्नुपर्छ । ३७४५९ मत सम्पदा मास्न वा कुनै प्लटिङ्ग गर्न वा भ्रष्टाचार गर्न होइन सबै जागरुक बनी निकास खोज्न लाग्नुपर्छ । ३७४५९ मत कमिसन तन्त्र जिवित पार्न होइन । कुनै सौन्दर्यकरणको नाम दिई भ्रष्टाचार मौलाउन दिन ३७४५९ मत रास्वपाले प्राप्त गरेका होइनन भन्ने प्रमाणित गर्ने दिन आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर