काठमाडौं, चैत १३ — प्रतिनिधि सभाका सदस्यहरूले सपथ ग्रहण गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा बिहीबार दुई महत्वपूर्ण बैठक सम्पन्न भएका छन्।
पहिलो बैठक अन्तर्गत बसेको केन्द्रीय समिति बैठकले पार्टी र बालेन्द्र शाह बीच भएको राजनीतिक सहमतिलाई औपचारिकता दिने निर्णय गरेको छ। उक्त सहमतिअनुसार बालेन्द्र शाहलाई प्रधानमन्त्री पदका लागि अघि सार्ने तयारी स्वरूप उनलाई संसदीय दलको नेतामा चयन गर्न सिफारिस गर्ने निर्णय गरिएको हो।
त्यसपश्चात् बसेको संसदीय दलको बैठकले संसदीय दल गठन गर्दै केन्द्रीय समितिबाट आएको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेतामा चयन गरेको छ।
रास्वपाको यो निर्णयसँगै बालेन्द्र शाहको प्रधानमन्त्री बन्ने सम्भावना थप बलियो भएको राजनीतिक विश्लेषकहरूले बताएका छन्। पार्टीभित्र र बाहिर समेत यस निर्णयलाई चासोका साथ हेरिएको छ।
– आमा दर्शन न्यूज मिडिया
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय