काठमाडौं: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव

हाल सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने तराईका धेरै भागमा हुस्सु लागेको छ। बाँकी भागमा भने मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।


दिउँसोको मौसम पूर्वानुमान:

•कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहने।

•सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना।

•उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना।

रातिको मौसम पूर्वानुमान:  •कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारण बदली।

•कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली।

•उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात।

सामान्यतया अहिले मौसम स्थिर भए पनि केही क्षेत्रहरूमा हुस्सु र हिमपातका कारण सावधानी अपनाउन आवश्यक रहेको छ।

प्रतिक्रिया