काठमाडौं । अमेरिकी संघीय अदालतकी न्यायाधीश इन्दिरा तलवानीले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट गएका पाँच लाख ३० हजारभन्दा बढी प्रवासीको कानुनी स्थिति र काम गर्ने अनुमति खारेज गर्ने प्रयासलाई अस्थायी रूपमा रोकेकी छन् ।
यी प्रवासीहरू पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा लागू गरिएको विवादास्पद सीएचएनभी (CHNV) सामूहिक मानवीय प्यारोल कार्यक्रमअन्तर्गत अमेरिका पुगेका थिए ।
न्यायाधीश तलवानी, जसलाई ओबामा प्रशासनले नियुक्त गरेका थिए, उनले फक्स न्यूजमा प्रकाशित आदेशमा प्रत्येक प्रवासीको व्यक्तिगत मुद्दा छुट्टै आधारमा समीक्षा हुनुपर्ने उल्लेख गरेकी छन् ।
२ बैशाख २०८२, मङ्गलबार ११:२४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता