कीर्तिपुर मेयरको नियत गलत :

कीर्तिपुर मेयरको नियत गलत : 

मिति २०८३ जेष्ठ २२ गते शुक्रबार कीर्तिपुर अस्पताल प्रवेश पश्चात् कीर्तिपुर नगरपालिकाले तत्काल एउटा डायलाइसिस मेसिन दिने धमादार इन्ट्रीले घोषणा गरिइयो । सबैले सकारात्मकतासँगै धन्यवाद ज्ञापन पनि गरिइयो । त्यसको १० दिन पछि नगरपालिका गएर त्यस सम्बन्धमा बुझ्न जाँदा टिप्पणी पनि प्रशासनिक प्रमुखकहाँ पुगेको छैन भन्नेजस्ता कुरा गरिइयो । र स्वास्थ्य शाखामा बुझ्दा  जलन सहजीकरणको लागि वागमती प्रदेशले पहिले नै कीर्तिपुर अस्पतालबाट माग गरिएको रकम २० लाख विनियोजित भएको थियो त्यही कुरा दिने थाहा पायौं । हामी फर्कियौं । शीर्षक मात्र फरक तर नगरपालिकाले कीर्तिपुर अस्पतालको लागि कुनै नयाँ बजेट दिन खोजेको होइन । तर बाहिर विश्व साइकल दिवस होस् वा स्कुलको फेयरवेल कार्यक्रम होस् वा रक्तदान जस्तो कार्यक्रम किन नहोस् विशेषगरि मेयरले मैले कीर्तिपुर अस्पतालमा डायलाइसिस मेसिन दिन लागेको प्रचारप्रसार गर्दै राजनीति गरे । जनताको स्वास्थ्य मेयरको लागि राजनीति गर्ने थलो बने । तर हामीले त्यसमा केही जनाएनौं । हाम्रो कुरा जनताले सेवा सहज पाउनुपर्छ भन्दै डायलाइसिस मेसिन कहिले आउँछ कुर्दै रह्यौं । अचानक मिति २०८३ असार २३ गते कीर्तिपुर नगरपालिकाले २० लाख अनुदान दिए भन्ने गलत न्युज आए । जबकी त्यो २० लाख कीर्तिपुर अस्पतालले पहिने नै बागमती प्रदेश सरकारसँग पहिले नै मागेर जलन सहजीकरण सम्बन्धका सामान किन्न विनियोजित रकम थियो जुन बेरुज होला भनी भ्रामक रुपमा डायलाइसिस मेसिन खरिदको लागि दिए भन्दै प्रचार गरे त्यो एकदम निन्दनीय काम हो । एक जना मेयरको लागि सुहाउँदो काम होइन । एक तीरबाट दुइटा सिकार गर्न खोजेको थियो त्यो आकाश हेरेर थुकेको मात्र हो । पैसा फिर्ता पनि नजावस् अनि आफू डायलाइसिस मेसिनको लागि दिए भन्ने पनि पुष्टि होस् जबकी सानो ज्ञान पनि नभएको भन्ने यसरी पुष्टि भो कि कीर्तिपुर अस्पतालले एक त पैसा मागेको होइन अर्को २० लाख मेसिनलाई पर्दैन । यति कुराको ज्ञान पनि मेयरसँग भएन । जहाँ मन लाग्यो त्यही बोल्न सक्नेले राज्य कोषबाट पैसा मनपरि मनलाग्ने शीर्षकमा खर्च मिल्दैन भन्ने कुरा कसरी थाहा पाउनुभएन भने आफ्नो इज्जत जोगाउन चुनाव लड्न जग्गा बेच्न तयार हुनेले जग्गा बेचेरै भए पनि सत्य सावित गराउनुपर्ने हो त्यो गर्न सक्नुभएन भने उल्टो १० वटा स्कुटर किनेर असारको घाम ताप्न दिनेले सिधै २४१५० घरधुरीमा बसोबास गर्ने आम नागरिकलाई के गर्न सक्छ गर भन्ने ठाडो चुनौती दिएको बुझ्न सकिन्छ । जनताको स्वास्थ्यसँग खेलवाड गर्न मेयर बनेको सावित गरेको एकातिर सिद्ध गरेको छ भने अब कीर्तिपुर अस्पतालले त्यो पैसाले कसरी डायलाइसिस मेसिन किन्छ ? अस्पतालले अन्तिम समयमा दिएको पैसाले शीर्षक बेगरको पैसाले मेसिन किन्दा अख्तियार लाग्छ नै । होशियार अस्पताल । 

प्रतिक्रिया