काठमाडौं । कीर्तिपुर वडा नं. ३–२ हुँदै रिङरोड–सामल–देवढोका जोड्ने सडकको दयनीय अवस्थाप्रति स्थानीयले गुनासो व्यक्त गरेका छन्।
दैनिक ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्ने उक्त सडकमा ठाउँ–ठाउँमा खाल्डाखुल्डी देखिएका छन्। सडकको अवस्थाका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै सडक आसपासका घरहरूमा समेत कम्पन महसुस हुने गरेको स्थानीयको भनाइ छ।
वर्षायाममा खाल्डाखुल्डीमा पानी जम्दा पैदलयात्री तथा सवारी चालकलाई थप समस्या हुने गरेको बताइएको छ। सडकसँगै पैदलयात्रीका लागि निर्माण गरिएका सडक पेटीको अवस्था पनि व्यवस्थित नभएको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार सडक सुधारका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि दीर्घकालीन समाधान हुन सकेको छैन।
स्थानीयले सडकको सामान्य मर्मतभन्दा पनि सुरक्षित, व्यवस्थित र दीर्घकालीन सडक पूर्वाधार निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
जनताको दैनिक आवागमनसँग प्रत्यक्ष जोडिएको सडकको अवस्थाप्रति सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क