राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आमा दर्शन न्यूज परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ।
नेपाल एकीकरणका महान अग्रदूत राजा पृथ्वीनारायण शाह को योगदानलाई स्मरण गर्दै हामी सबैले राष्ट्रिय एकता, स्वाभिमान र देशप्रेमलाई सुदृढ बनाउन प्रतिबद्ध रहनु आवश्यक छ। इतिहासले दिएको सन्देशलाई आत्मसात गर्दै समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं।
देश, जनता र सत्य पत्रकारिताका पक्षमा निरन्तर क्रियाशील आमा दर्शन न्यूज आगामी दिनहरूमा पनि तथ्यपरक, विश्वसनीय र समाजपरिवर्तनमुखी समाचारहरू प्रस्तुत गर्न प्रतिबद्ध रहनेछ।
✅ आमा दर्शन न्यूजको सम्पूर्ण टिम
निष्पक्ष, सत्य र जिम्मेवार पत्रकारिताको निरन्तरता – आमा दर्शन न्यूज
जय नेपाल!
आमा दर्शन न्यूज परिवार
२७ पुस २०८१, शनिवार ११:३५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता