कीर्तिपुर नगरपालिकाको आयोजना तथा एन.आर.एस. फाउन्डेसनको सहकार्यमा "महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी" भन्ने नारालाई साकार बनाउन ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा "आमा दौड एक खेल, परिवार, स्नेह र स्वास्थ्यको मेल" उद्देश्य अनुरुप कीर्तिपुर नयाँ बजार अवस्थित कीर्तिपुर गेटबाट यहि आउँदो चैत्र १७ गते विहान ८:०० बजे आमा दौड हुँदैछ । कीर्तिपुर गेटबाट शुभारम्भ हुने दौड लायकुमा समापन हुनेछ । कीर्तिपुर गेटबाट शुभारम्भ हुने दौड क्रमशः छ्याकं ल्वहँ चिथु हुँदै तननी जात्रा पर्वको बाटोमा हुने र बादेगा पुगि त्यहाँबाट तल टेलिकम पुलिसचौकीबाट भित्र हुँदै जात्रापर्वकै बाटोमा हुने र गल्छे सलिछें बाघभैरबबाट लायकु पुगि समापन हुनेछ । उक्त दौडको मुख्य उद्देश्य भन्नु महिलामा लगानी नै हो जुन स्वास्थ्य नै सम्पत्ति हो बुझाउन उक्त दौड हुँदैछ । हुन त उक्त दौड ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसकै दिन गर्न लागेको थियो । तर फाल्गुन २४ गते वडा नं.१ का वडाध्यक्ष ज्युको स्वर्गारोहण कारण रद्द भएको थियो । १३ औं दिनको पुण्यतिथी पछिको शनिबार गर्ने भनिएको थियो सो अब आउँदो २०८० चैत्र १७ शनिबारको दिन गर्न लागिएको हो । उक्त दौड ४.५ किलोमीटरको हुनेछ । अत: सम्पुर्ण नगरवासी अपिल यो छ कि उक्त कार्यक्रम सभ्य र भव्य बनाई दिन हुन अनुरोध छ ।
2025 Jan 10 Fri