काठमाडौं - जेनजी आन्दोलनका अगुवा रवि किरण हमाललेप्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिलाईराष्ट्रहितविपरीत, कूटनीतिक मर्यादाको उल्लङ्घन तथाअपरिपक्व भएको आरोप लगाउँदै उक्त भनाइ तत्काल फिर्तालिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।
बुधबार जारी प्रेस वक्तव्यमा हमालले प्रधानमन्त्रीकोअभिव्यक्तिले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीनागरिकहरूको वर्षौंदेखिको पीडा र अपमानलाई थपबल्झाएको दाबी गरेका छन्। उनले राष्ट्रिय स्वाभिमान रसार्वभौमसत्तासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीजस्तोजिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको अभिव्यक्तिअस्वीकार्य भएको बताएका छन्।
वक्तव्यमा हमालले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएरनेपाली जनतासँग माफी माग्नुपर्ने उल्लेख गरेका छन्। उनलेप्रधानमन्त्री आफ्नो अभिव्यक्तिमा अडिग रहने हो भने नैतिकतथा राजनीतिक जिम्मेवारी वहन गर्दै पदबाट मार्ग प्रशस्तगर्नुपर्ने धारणा पनि राखेका छन्।
"राष्ट्रभन्दा माथि कुनै व्यक्ति वा पद हुन सक्दैन," वक्तव्यमाभनिएको छ, "नेपालको राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्नुहरेक जिम्मेवार नेतृत्वको दायित्व हो।"
प्रधानमन्त्री बालेन्द्र शाहको उक्त अभिव्यक्तिबारे विभिन्नराजनीतिक वृत्तमा समेत बहस जारी रहेको छ। यद्यपिप्रधानमन्त्रीको सचिवालयले यस विषयमा औपचारिकप्रतिक्रिया सार्वजनिक गरेको छैन।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता