सूर्य राय (निशब्द)
मोड़ आएपछि मोडिनु नै पर्छ,
त्यसलाई बाटो फेरेको भन्दैन।
जिन्दगीमा कति मोड आउँछन् यहाँ,
हर एक मोडले नयाँ कथा सुनाउँछ।
हावाले ल्याउँछ कहिले आशा र खुसी,
कहिले आँधिले दुःखको कथा लेखाउँछ।
हिँड्दै जाँदा याद गर्नु यति मात्र,
हरेक मोडले जीवनलाई सजाउँछ।
सम्झिनु है यो कुरा सदाझैं,
मोड़ले नै जीवनलाई अघि बढाउँछ।
१२ साउन २०८१, शनिवार ०१:४८ मा प्रकाशित