जग्गाकाे मूल्य १० प्रतिशतसम्मले वृद्धि, प्रतिआना ७६ लाख पर्ने जग्गा कहाँकाे ?
६ साउन २०८३, बुधबार ०८:४७ मा प्रकाशित
आमा दर्शन न्युज :- संवाददाता
सरकारले देशैभरिका जग्गाको मूल्य १० प्रतिशतसम्मले वृद्धि गरेकाे छ । मालपोत कार्यालयले चालु आर्थिक वर्षका लागि मूल्य १० प्रतिशतसम्मले वृद्धि गरेका छन् ।
काठमाडौं डिल्लिबजार मालपोत कार्यालयले गत आर्थिक वर्षको तुलनामा १० प्रतिशतले मूल्यांकन बढाएको जनाएको छ । सो अनुसार केशरमहल, जमल, ठमेल, न्यूरोड, माइतीघर वरपरका जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख ६० हजार रुपैयाँ कायम गरेको छ ।