मुस्ताङ प्रहरीद्धारा यारुझो भ्यू टावर पदमार्गको सरसफाई

जोमसोम— मुस्ताङ प्रहरीले मंगलबार पर्यटक पदमार्ग सरसफाई गरेको छ ।समुदाय÷प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुसार जिल्ला प्रहरी कार्यालय मुस्ताङले पर्यटकीय पदमार्गको पूर्णसफाई गरेको हो ।

समुन्द्री सतहको ३८ सय मिटरको अग्लो उचाईमा अवस्थित मुस्ताङको घरपझोङ ५ मा पर्ने यारुझो भ्यू टावर जाने पदमार्ग जाने बाटो सरसफाई गर्न प्रहरी निरीक्षक मिलनबहादुर विकको कमाण्डमा ४१ जना प्रहरीले श्रमदान गरेका हुन् ।


४ वर्षअघि निर्माण अधुरो रहेको घरपझोङको यारुझो भ्यू टावर राष्ट्रिय योजना आयोगको बजेटमा निर्माण गरिएको थियो । झन्डै ५ सय मिटरसम्म निर्माण भएको उक्त पर्यटकीय पदमार्ग बर्खायामको वर्षा ,पहिरो र भू—क्षयका कारण असहज बनेको थियो । जोमसोमबाटै ठाँडै उकालो उक्लिने गरी स्थानीय र पर्यटक सहजताका लागि पदमार्ग निर्माण गरिएको भएपनि उक्त पदमार्ग प्रयोगविहिन जस्तै छ । पदमार्गका लागि संघीय सरकारले करोडौं बजेट खर्च गरिएपनि पछिल्लो समय उक्त पदमार्ग अलपत्र अवस्थामा छ ।

मुस्ताङ प्रहरीले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत सामाजिक उत्तरदायित्वका रचनात्मक कार्यहरु गर्दैआईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेले बताए । प्रहरी केवल शान्ति सुरक्षाका लागि मात्र केन्द्रित नभई सामाजिक रुपान्तरण र रचनात्मकार्यका लागि पनि प्रतिवद्ध रहेको प्रनाउ पाण्डेले उल्लेख गरे ।


तस्विरः

मुस्ताङको यारुझो भ्यू टावर पदमार्ग सरसफाई गर्दै मुस्ताङ प्रहरी ।


प्रतिक्रिया