घाउ दुख्छ तर सिलाउँदा निको हुन्छ भने सहनुपर्छ ।
समाजमा मानवताको कुरा गर्ने धेरै छन । आस्था र धर्मसँगै विश्वासको कमिमा आफूलाई पर्दा त्यही मानवता मार्ने पनि छन । धेरै मीठो र चिप्लो घर्नेहरु भएकै कारण राजनीति नै बदनाम भएको छ भने पाएको विश्वास गुम्दा त्यसको सहानुभूति बटुले प्रयास पुन: गर्नु पनि मानवताझैं देखिएको छ । र सँगै फोटो खिच्नेहरुले एक दिन परिवार जिम्मा लिएर त्यसको निदान गर्न सक्ने पनि देखिए तर मानवता देखाउने तिनीहरूलाई पनि बाढी आउनु नै पर्छ मान्छे बगाउनु नै पर्छ भन्ने विचार सार्थक बनाउँदैछन । त्यसैले यो विषय भावनात्मक मात्र होइन कानुनी जिम्मेवारी र शासनको परीक्षण पनि हो मान्नुपर्छ ।
करिब पाँच वर्षअघि उच्च न्यायालय नेपालले बागमती नदी लगायतका नदी किनारमा २० मिटर क्षेत्र खाली राख्न स्पष्ट आदेश दिएको थियो । काठमाडौ, ललितपुर र भक्तपुरलाई कार्यान्वयनको जिम्मा दिइएको थियो । वास्तविक सुकुम्बासीलाई इचंगु नारायणमा स्थानान्तरण गर्ने योजना पनि थियो । तर वर्षौँसम्म आदेश आयो, आश्वासन आयो तर कार्यान्वयन भएन । राजनीति चलिरह्यो, समस्या जस्ताको तस्तै रह्यो ।
आज आएर नेपाल सरकारको नेतृत्वले त्यही पुरानो आदेशलाई जमीनमा उतार्ने प्रयास गरिरहेको छ । यो केवल बस्ती हटाउने कुरा होइन । यो कानूनको सम्मान, शहरको सुरक्षा र वास्तविक सुकुम्बासीलाई न्याय दिने प्रयास हो ।
पहिले किन भएन ? भन्ने प्रश्न त छँदैछ भने अब प्रश्नसँगै काम पनि अघि बढेको छ ।
अन्तमा, हामी बुझ्नुपर्ने वास्तविक कुरा अहिले सरकार, नेपाल सरकार हो तर यहाँ बारम्बार सबैले बालेन सरकार भन्न रुचाएका छन । यसले एउटा कुरा के सन्देश दिन खोजिएको छ भने नेपालमा नेपाल सरकार हुनुहुन्न । कुनै बेला एमाले भनिइयो, काँग्रेस भनिइयो, माओवादी भनिइयो त्यसको असर गणतन्त्रमा देखिरहनु भनेको नेपालमा नेपाली नहुनु नै हो । जातीय, वर्गीकरण कुराले नेपालको हित गर्छ भन्ने विश्वास गाह्रो छ । अत: व्यक्ति विश्लेषण भन्दा नि पदीय मर्यादा अनुरुपको कुरा हुनु आवश्यक छ भने घाउ सिलाउँदा दुख्छ तर निको हुने कुरा बुझ्नु नै नेपाली हुनु हो । नेपालभित्र नेपाल सरकार छ त्यसले आम नेपालीलाई अब जनता बनाउँछन भन्ने विचार अवलम्बन गर्नुपर्छ । दोष मात्रै कोट्याए समृद्ध सोच्न छोडी राजनीति जोड्न हो, तोड्न होइन बुझ्नु पनि आवश्यक छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर