देशका अधिकांश भूभागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं– मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

यसका कारण अहिले देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेश सहित लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहने सम्भावना छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेससहित अन्य प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षा र हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया