सुकुम्बासी भन्ने विषय भावनात्मक मात्र होइन, निकै जटिल सामाजिक–राजनीतिक यथार्थसँग जोडिएको छ । ब्राजिलमा एउटा ठूला सुकुम्बासी बस्तीहरू छन जसलाई फाभेला भनिन्छ जहाँ सरकारले सुरुका दिन युद्ध शैनिक राखे । पछि गाउँबाट विस्थापित रोजिरोटिकै खोजीमा निस्केकाहरु पनि मिसिन गए । लामो समयको असमानता, शहरीकरण र अपराधसँग झाँङ्गिदै गए । एकै पटकको “युद्ध” बाट बनेको कथा होइन । ठिक त्यस्तै काठमाडौ बागमती किनारामा बसोबास बढ्नुको मुख्य कारण भनेकै माओवादी द्वन्दकालमा "कि जन दे, कि धन दे" अभियानबाट सुरक्षित हुन भागेका राज्यका शासक जो एमाले, काँग्रेस थिए त्यसताका व्यवस्थापनमा राखिएका थिए पछि आफ्ना कार्यकर्ताको रुपमा प्रयोग गरिए भने शान्ति सम्झौता पश्चात् गाउँ बस्न नसकेका माओवादी पनि मिसिएर झाँङ्गिएका थिए । जसलाई बाच्न सके बाँच होइन भन्ने मर भन्ने भाष्य स्वरुप बर्षेनी बाढीले जीउधन मरे पनि बेवास्ता हुनुले त्यो बस्ती राज्यले बेवास्ता गरिएको अर्थले बुझ्न सकिन्छ । तर यसलाई मैले सहरको छेउमा बसेको पीडा भन्ने गर्दछु ।
सहरहरू केवल भवनले बनिँदैनन् । यो त आशाले, डरले र बाध्यताले मान्छेहरू बनाउँछन । काठमाडौको किनारमा देखिने टिनका छाना, बागमतीको किनारमा उभिएका अस्थायी झुपडीहरू ती कुनै योजना अनुसार बनेका सहर होइनन् । ती त समयले थिचेका जीवनका अस्थायी उत्तरहरू हुन्।
कोही युद्धबाट भागेर आएको, कोही गरिबीबाट भागेर आएको, कोही सपनाको खोजीमा तर सबैको कथा एउटै छ “बाँच्न पाउनुपर्छ।”
तर प्रश्न यहाँबाट सुरु हुन्छ, के बाँच्ने अधिकारको नाममा अराजकता स्वीकार्य हुन्छ ? के पीडाको नाममा नियम तोड्न पाइन्छ ? नेपाल सरकार भन्न खोजिएको यथार्थता यति नै हो भने बालेन सरकार आउनु अघि नगरप्रमुखकै हैसियतमा छँदा पनि राज्यको काम केवल आँसु पुछ्नु मात्र होइन, भोलिको लागि आँसु आउन नदिनु पनि हो । त्यसैले प्रकृतिसँग युद्ध खोज्नुहुन्न हामी सबै बुझ्न सक्नुपर्छ ।
व्यवस्थापन बनाम उत्पीडन
जब कुनै सरकारले पहिचान र व्यवस्थापनको कुरा गर्छ, त्यो सधैं दमन हुँदैन । कहिलेकाहीँ त्यो भविष्यको द्वन्द रोक्ने प्रयास पनि हुनसक्छ जसलाई नेपाल सरकारले बुझेर अघि बढेको छ । राम्रो काम स्वागत सुकुम्बासी स्वयमले पनि स्विकारेका छन ।
आज सुकुम्बासीको नाममा यदि राजनीतिक स्वार्थ मिसिन्छ भने त्यो केवल गरिबको प्रयोग हो, समाधान होइन । जो वास्तवमै पीडित छन, उनीहरूलाई न्याय चाहिन्छ तर जो पीडाको नाममा अराजकता फैलाउन खोज्छन्, त्यसलाई रोक्नु पनि उत्तिकै आवश्यक छ । ब्राजिलका फाभेलाहरू आज संसारका उदाहरण बनेका छन जहाँ राज्य कमजोर बनेको छ, अव्यवस्था बलियो बनेको छ । त्यसैले त्यहाँ गरिबी मात्र समस्या रहेन, अपराध, हिंसा र समानान्तर सत्ता पनि जन्मिए । के हामीले त्यही बाटो रोज्नु पर्छ ? वा समयमै सचेत हुने ?
राजनीति कि जिम्मेवारी ?
सबैभन्दा खतरनाक कुरा के हो भने जब पीडालाई राजनीति बनाइन्छ । “उनीहरू गरिब हुन्, त्यसैले जे गरे पनि हुन्छ” भन्ने सोचले न त गरिबलाई बचाउँछ, न त सहरलाई । बरु, त्यो सोचले एकदिन टकराव जन्माउँछ जहाँ न राज्यले जित्छ, न जनताले ।
अत: हामी कस्तो सहर चाहन्छौं ? भन्ने सवालमा केही केही सबैले सोच्नुपर्छ नै । जहाँ सहानुभूति होस् तर नियम पनि होस् । जहाँ संरक्षण होस् तर जिम्मेवारी पनि होस् । जहाँ कोही घरविहीन नहोस् तर सहर पनि घरजस्तै व्यवस्थित होस् ।
साँचो समाधानको सवालमा न त कठोर दमन, न त अन्धो सहानुभूति चाहिन्छ । समाधान भनेको न्यायपूर्ण व्यवस्थापन हो । यदि आज हामीले सन्तुलन मिलाउन सकेनौं भने, भोलि इतिहासले हामीलाई उदाहरणको रूपमा होइन, चेतावनीको रूपमा सम्झनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर