लेखक: प्रशान्त महासागर
कहिं लेखिएको थियो : बिस्तारै आउनुस् स्वर्गमा ठाउँ छैन् । हत्तार गरिने गरिएका प्रायः गल्तीवस हुन्छ त्यो सुधारको सार उन्नुपर्छ । मनुष्य जीवन त्यसकै लागि हो । तर अफसोच सिद्धान्तको दासत्वले जीवनको त्यो मर्मको हत्या गरिएको छ । हत्या, हिंसा अन्तर्गत पर्छ । हामी मनुष्य त्यस्ता हिंसाको लागि होईन् । यति कुराको मनन र विश्लेषण गर्न कोशिश नगरिदा हत्तारमा बाँचिएको जीवन पुण्यको लागि योग्य छैन् । त्यसैले बिस्तारी धैर्य पुर्वक सोच र बिचार खर्चेर मृत्यु योग्य भएर जीवन बाँच्नुपर्छ मेरो अवधारणा हो । जीवन छुट्टी पर्व हो रमेरै सास टकटक्याउनु कर्तव्य हो जस्मा नीति त्याग्नुहुन्न नियम यहि छ । त्यो नियम हामी दास हुनुपर्छ । जीवन गाडी सन्तोषले आनन्दले चलाउनुपर्छ । सन्तोष मनविना जीवन हत्तारमै बित्छ । आवश्यकता भन्दा ज्यादा त्यति माग हुन्छन् जस्को पुर्तिको लागि नीति त्याग्ने हत्तार बाटो हुन्छन् । अनि सम्झाउन : बिस्तारै आउनुस् स्वर्गमा ठाउँ छैन् । जब स्वर्गमै ठाउँ छैन् भने तब म अपराधी हुँ सोच्ने कि नसोच्ने ? प्रश्न जन्मिदा जीवन स्वर्गको लागि योग्य हुन हो । यो हामी बुझ्नुपर्छ । कतै पनि गलत उदाहरण आफु सहि छ भन्न चरितार्थ गर्नुहुन्न । गरिएको अवस्था पुन: स्वर्गमा ठाउँ छैन् जवाफ हुनेछ । शरीर कुहिएर वा जलेर सकिन्छ त्यो प्रकृति हो भने त्यति प्रकृति चलाउने शक्ति जुन आत्मा हो एक हिसाब भगवान हो त्यो तड्पिनुलाई मृत्यु योग्य जीवन छैन् बुझ्दा हुन्छ । जब जीवन मृत्यु बेगरको हुन्छ तब त्यस्तो चोला ओढ्ने मनुष्य नभईकन नीच पशुत्व सिद्ध हुनेछ । अनि त्यस्ताको लागि स्वर्गमा ठाउँ छैन् भनिएको हो । आत्माको शुद्धी बेगर लक्ष्य मानवीय संस्कार हत्यासँग आवद्ध वा समर्थकको रूपमा प्रस्फुटन हुन्छन् सत्यलाई स्वार्थवश स्विकार्न सक्दैन् त्यतिबेला पनि स्वर्गमा बास पाउन आवेदक हुनेछैनौं । सासहरु कष्टकर हुनु सिवाय नौलो अरु हुनेछैन् । अस्मिता लुटिएको थाहा हुन्न । अस्तित्व चाहिन्छ किन बुझ्दैनन् अनि पुन: मरेपछी डुम्मै राजा जप्छन् जबकी भाषा शब्द फेरि फेरिकन अनेक व्यवस्थामा रुपान्तरित हुँदै आएको यथार्थता भनेकै सके यहि स्वर्ग बनाउनु हो ।
अब स्वर्ग के हो त ?
जवाफ : स्वर्ग बुझ्न जीवन मनुष्यको चाहिन्छ । मनुष्य जीवनमा सत्य हुन्छ भेदभाव हुन्न । दु:ख मेटाउने सुख सोच्नेलेख्ने चक हुन्छ मानवीय नीति विरुद्धको सिद्धान्त हुन्न । जीवनले उत्सव महोत्सव हरशब्द महसुस एवम् चयन गर्छ त्यस्को लुट सोच्दैन् । विकास नीति जगेर्ना सोचले लिन्छ । जीवनलाई आहा र डाहा परिणत गर्ने शक्ति संचयको मनशाय हाबी गराउँदैन् । शान्तिको निम्ति नपुग जीवनलाई युद्धको लागि चयन गर्दैनन् । स्वर्गमा जात धर्म कुराको चल्दैनन् । दृष्टि फरकता व्याख्या गर्दैनन् । एकरुपता भिन्न हुन तारिफ कुरा गर्दैनन् । संस्कार सम्पदाको महत्व अनि त्यसको चिनारी पहिचान जुन योगदान हो त्यही सिक्न सके यहि धर्ती स्वर्ग हो । यहाँ देवता रम्न आउँछन् । अत: हत्तारमा जीवन खर्चेर मृत्युबाट बञ्चित हुने यावत घटना लोभ स्वार्थमा टेकेको जमिर नबेच । लान के सक्छ ? खान के सक्दैन् ? सोचेर आफुलाई बिभुषित पार्ने आभुषणमा स्वार्थ रत्न जडान नगरिकन जीवन बाँच्नु सन्तोषित हुनु स्वर्गमा ठाउँ पाउनु हो । योग्य त्यहिको हुनु हो । जीवन त्यही हो । जीवनले भेदभाव कुरा सोच्दैन् । उसले र यसले भन्न छोडी विष सबैको निम्ति विषै हो सेवन सिके त्यो औषधि बन्न सक्छ तर जीवन हरणको कुरा पनि त्यसले वकालत गरेको हुन्छ । अत: मृत्यु वियोगमा जीवन जिउँछु नसोचौं स्वर्ग ठाउँ पाउन सोच नीतिबाट मनुष्य जीवन बाँचौं ।