कपिलेश्वर, नुवाकोट । किस्पाङ गाउँपालिका- १ भाल्चे गाउँमा आइतबार हृदयविदारक घटना भएको छ । श्रीमान्सँगको झगडाका कारण श्रीमतीले दुई सन्तानलाई पासो लगाएर आफू समेतले आत्म,हत्या गरेकी छिन् । घरभित्र चुकुल लगाएको अवस्थामा प्रहरीले तीनै जनालाई झु,न्डिएको अवस्थामा फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीका अनुसार तीनै जनाको शव तिलक भारतीका अनुसार तीनै जनाको शव आफ्नै घरभित्र झु,न्डिएको अवस्थामा फेला परेको हो ।
चन्दीमायाका श्रीमान् रेस घले बारीमा केराउ टिप्न गएका बेला उक्त घटना भएको हो । 'बिहान चन्दीमाया र रेसबीच भनाभन भएको रहेछ, त्यसैबेला रेसले चन्दीलाई दुई तीन झापड हानेर केराउ टिप्न गएछन्,' डीएसपी भारतीले भने ।
प्रहरीका अनुसार स्थानीय जम्मा भएर प्रहरीलाई खबर गर्दा भित्र तीनै जना झु,न्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले शव पोस्टमार्टमको लागि अस्पताल पठाएको छ। डीएसपी भारतीले घटनालाई विभिन्न मोडबाट अनुसन्धान थालिएको बताए ।
२३ मङ्सिर २०८१, आईतबार ०८:३८ मा प्रकाशित