किर्तिपुर
मेरो छाक तिमीले खोस्यो
लाञ्छना पनि लगाउँदिन्
म हिड्ने मेरो बाटो
खाल्डाखुल्डी भो पनि भन्दिन्
समयले दिन दियो या कुनै आस
सासमाथि नै थपी दियो लास
त्यसको पनि हिसाब राख्दिन्
माटो हुँ म आज माथी
भोलि मुनि बिर्सी बाँच्ने दृष्टता राख्दिन्
आफ्नै नाभिमा हुने कस्तुरी अन्त खोज्नै पर्छ भन्दिन्
मेरो शत्रु तिमी अरुले सुनाउँदैमा
सम्झिनुपर्छ मैले कहिल्यै मानिन्
मेरो शत्रु कोहि छैन्.....
म खुशी आफ्नै लागि हुन्छु
मेरो आँसु मेरै लागि झार्छु
धर्म, कर्म अनि पुण्य
नबनाउ शुन्य ।
२८ माघ २०८०, आईतबार ०४:२३ मा प्रकाशित